Headline

फुटबलरहरु माथि लगाइएको प्रतिबन्ध एन्फाले घटायो

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नाइट क्लब काण्डमा पछि चार फुटबलरहरुमाथि लगाएको भारी प्रतिबन्धलाई घटाएको छ ।

एन्फाले नेपाली टोलीमा रहेका बिमल घर्ती मगर, अन्जन बिष्ट, दिनेश राजबशीं र सन्तोष तामाङलाई विश्वकप छनोट अन्तर्गत कुबेत बिरुद्धको खेलका लागि भुटान अघिल्लो दिन काठमाडौंका नाइट क्लबमा अबेर सम्म बसेका भन्दै अनुशासकीय कारवाही गरेको थियो ।

गत मंिसर २७ गतेबाट लागु हुने गरि बिमल र दिनेशलाई ९० तथा अन्जन र सन्तोषलाई ४५ दिनका लागि प्रतिबन्ध लगाएको थियो ।

खेलाडीहरुले एन्फा अनुशासन समितिमा अपिल गरेपछि प्रतिबन्ध घटाइने निर्णय गरेको थियो । अब खेलाडीहरुले उनीहरुको प्रतिबन्ध घट्ना भएकै दिन कार्तिक ३० गते देखि लागु हुने एन्फाले बताएको छ । सन्तोष र अञ्जनले शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत चार वटा खेल छुटाउनेछन् ।

बिमल र दिनेशले भने लिगमा अन्तिम चार खेल खेल्न पाउनेछन् । बिमलले गत सिजन नै माल्दिभ्सको धिबेही लिगमा टिसी स्पोर्टससँग सम्झौता गरेकोले उनी उता गएर खेल्न पाउनेछन् । एन्फाले उनीहरुलाई लागेको नगद ५० हजारको जरिवाना भने कायम नै गरिएको छ ।

यस अघि चारै जना खेलाडीहरुलाई नेपालमा सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुद सागको फुटबल टिमबाट पनि हटाइएको थियो ।

Click to comment

Trending