Headline

मुस्तफाको अलराउण्ड प्रदर्शनपछि चितवन राइनोज पोखरा प्रिमियर लिगको फाइनलमा

Published

on

रोहन मुस्तफाले अलराउण्ड प्रदर्शन गरेपछि पारस खड्काको चितवन राइनोज पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।

मस्तफा र बाबर हायातको अद्र्धशतकको मद्दतमा टस हारि पहिलो ब्याटिङ्ग गरेको राइनोजले एक सय ६७ रनको चुनौतिपूर्ण योगफल खडा ग¥यो । जवाफमा खराब शुरुवात गरेको काठमाडौंले २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ७ रनमात्र बनाउन सक्यो ।

लिग चरणमा अपाजित रहेको राइनोजले पाँच खेलबाट १० अंक आफ्नो नाम लेखायो । दुई खेलमात्र जितेको काठमाडौं अब प्लेअफमा प्रवेश गर्नका लागि बुधबार हुने बुटवल ब्लास्टर्स र बिराटनगर टाइटन्सबीचको खेलमा निर्भर रहनेछ । बुटवल ६ अंक सहित यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ भने नेगेटिभ रनरेट रहेको बिराटनगरले भारी जित हात पारेको खण्डमा काठमाडौं नै बाहिरिनेछ ।

१८ रनमै तीन विकेट गुमाएको काठमाडौैंलाई खेलमा राख्नका लागि कप्तान ज्ञानेन्द्र मल्लले पवन शर्राफसँग ४४ रनको साझेदारी गरेका थिए । तर पवन र ज्ञानेन्द्रको विकेट पतनपछि काठमाडौं धराशायी हुन पुग्यो ।

चितवनका लागि सन्नी पटेलले तीन र मुस्तफाले दुई विकेट लिएका थिए । कसिलो बलिङ्ग गरेका मुस्तफाले चार ओभरमा एक मेडन सहित मात्र १२ रन खर्चेका थिए । राम्रो लयमा रहेका ज्ञानेन्द्रले ३९ बलमा ४० रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । पवनले १९ बलमा चार चौका एक छक्काको मद्दतमा २७ रन बनाए ।

यस्तै प्रिथु बास्कोटाले २३ बलमा दुई चौका प्रहार गर्दै १८ रन बनाए ।

यसअघि करण केसीलाई ओपनिङ्गमा पठाउने चितवनको प्रयोग असफल भएको थियो । त्यसपछि मुस्तफा र बाबर हायातले दोश्रो विकेटका लागि एक सय १९ रनको शतकीय साझेदारी गरेका थिए ।

आक्रमक ब्याटिङ्ग गरेका बाबरले ४७ बलमा ६ छक्का र तीन चौकाको मद्दतमा ७० रन बनाए । मुस्तफाले ५२ बलमा नटआउट ५९ रन बनाए । आरिफ शेख र सन्नीले १५–१५ रन बनाए ।

Click to comment

Trending