Headline

ट्वान्टी ट्वान्टी एसिया कप छनोटको पहिलो खेलमा नेपालले चीनको सामना गर्ने

Published

on

ट्वान्टी ट्वान्टी एसिया कप छनोट ईष्टर्न रिजनको आफ्नो पहिलो खेलमा नेपालले चीनको सामना गर्ने भएको छ ।

आगामी फेब्रुअरी २७ तारिख देखि मार्च सात तारिख सम्म थाईल्याण्डमा आयोजना हुने प्रतियोगिताको एसियाली क्रिकेट परिषद (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले २९ तारिखमा चीनसँग आफ्नो पहिलो खेल खेल्ने छ ।

प्रतियोगिताको समुह ए मा रहेको नेपालले आफ्नो दोश्रो खेलमा आयोजक थाईल्याण्डसँग मार्च एक तारिखमा खेल्ने ६ भने समुह चरणको तेश्रो तथा अन्तिम खेलमा मार्च तीनमा मलेसियाको सामना गर्ने छ ।

प्रतियोगिताको समुह बी मा हंगकंग, भुटान, सिंगापुर र म्यानमार रहेका छन् ।

थाईल्याण्डको राजधानी बैंककमा हुने प्रतियोगिताको सेमीफाइनल मार्च चार र फाइनल खेल मार्च ६ मा हुनेछ । यस प्रतियोगितामा फाइनल प्रवेस गर्ने दुई टोलीले अगस्टमा मलेसियामा हुने ट्वान्टी ट्वान्टी एसिया कप छनोटमा सहभागिता जनाउने छन् । उक्त छनोटमा ईष्टर्न र वेस्टर्न रिजनबाट दुई-दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै यस छनोटमा प्रथम स्थान हात पार्ने टोलीले सेप्टेम्बरमा पाकिस्तान हुने एसिया कपमा टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग खेल्ने मौका प्राप्त गर्नेछ ।

नेपालको खेल तालिका

फेब्रुअरी २९ नेपाल बिरुद्ध चीन

मार्च १ नेपाल बिरुद्ध थाईल्याण्ड

मार्च ३ नेपाल बिरुद्ध मलेसिया

Click to comment

Trending