Headline

दयानन्दको गोलले आर्मी स्तब्ध

Published

on

लगभग सबै खेलाडीहरुले छोडेपछि कमजोर बनेको मनाङ मस्र्याङ्गी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो स्तब्धपूर्ण नतिजा निकालेको छ ।

थप गरिएको अन्तिम पाँच मिनेटमा खेल रोमन्चक हुँदा मनाङले उपाधिमा दाबेदारी दिइरहेको त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित स्तब्ध बनाएको हो । आर्मीलाई हराउन खेलको एक मात्र गोल दयानन्द सिँहले खेलको इन्जुरी समयको दोश्रो मिनेटमा गोल गरेका थिए ।

मनाङले पहिलो हाफमा राम्रो प्रदर्शन गरेको थियो । १५ औ मिनेटमा जर्ज प्रिन्स कार्कीले गरेको क्रसलाई भेटाउन नसक्दा आर्मी गोल गर्नबाट चुकेको थियो । २५ औ मिनेटमा सुमन अर्यालले गरेको हेडरलाई मनाङका गोलरक्षक दिप कार्कीले उत्कृष्ट ढँगले बचाएका थिए ।

३४ औ मिनेटमा आर्मीका भरत खवसले गरेको प्राहारले दिप कार्कीलाई कुनै समस्या भएन । उनले भरतको सट अरामले बचाएका थिए । ३६ औ मिनेटमा बिदेशी खेलाडी भिडल लुइसले गरेको क्रस फ्रेम भन्दा हल्का माथि गएपछि अग्रता लिन सकेन ।

लगत्तै दयानन्दले गरेको प्रहार आर्मीका गोलरक्षक बिकेश कुथुले बचाइदिए । ३८औं मिनेटमा अर्को मुभ बनाएको मनाङले फेमी जोश्वाको क्रसलाई सुरज बिकले हेडिङ गर्न भ्याएपनी पोस्टको दिशा दिन सकेनन् ।

खेलको ४२ औं मिनेटमा आर्मीले बनएको मुभमा सेसेहङ आङ्गदेम्बेले गरेको प्रहार एकराज बुडाथोकीले क्लियर गरिदिए । दोश्रो हाफ शुरु भएको ४ मिनेटमै पाएको फ्रिकिकलाई मनाङका कप्तान कमल श्रेष्ठले गरेको प्राहार फ्रेममा पर्न सकेन । ५० औ मिनेटमा आर्मीले पाएको मौकालाई नवयुग श्रेष्ठले खेर फाले । भरत खवासले दाँया क्षेत्रबाट दिएको पासमा नवयुग गोल गर्न चुके । ५६ औ मिनेटमा नवयुगले अकेि मौका खेर फाले । सुमन अर्यालले दिएको बललाई नियन्त्रणमा लिए पनि उनले पोस्टमा प्रहार गर्न सकेनन ।

दोस्रो हाफको ६३औ मिनेट मा जग्जित श्रेष्ठले गरेको प्रहार आकाशियो । ७५ औ मिनेटमा मनाङका सुशिल लामाले गरेको प्रहार बहिरियो । ८४औ मिनेटमा आर्मीका दिपक गुरुङले दिएको डि बक्स भित्र पाएको पासलाई फेरी पनि नवयुगले गोल गर्न सकेनन । इन्जुरी समयमा मनाङका सुशिल लामाले गरेक लामो प्रहार आकाशिया े।

अतिरिक्त समयमा आर्मीका किपर बिकेशले बचाएको बलाई नियन्त्रणमा लिन नसक्दा आएको रिबाउन्ड मा गोल गर्दै दयानन्द मनाङ नायक बने । त्यसपछी आर्मीले बनाएको मुभमा सुमन अर्यालले गोलकिपर दिप कार्कीलाई लडाएपछि दोस्रो पहेलो कार्ड खाँदै सुमन बहिरिएका थिए ।

Click to comment

Trending