Headline

लिगबाटै बाहिरिएपछि शरदले भने “फ्राञ्चाइज व्यवस्थापन नै व्यवसायिक देखिएन”

Published

on

पोखरा प्रिमियर लिगमा पोखरा पल्टनको कप्तान रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका मिडल अर्डर ब्याट्स्म्यान शरद भेषवकरले आफ्नो टोली पोखरा प्रिमियर लिगको लिगबाटै बाहिरिएपछि फ्राञ्चाइज व्यवस्थापन प्रोफेशनलु हुन नसकेको बताएका छन् ।

शरदको टोली सोमबार पोखरा प्रिमियर लिग अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा धनगढी ब्लुजसँग ७९ रनमा समेटिदै प्रतियोगिताबाट बाहिरिएको थियो । यस क्रममा शरदले सम्हालेको टोली पहिलो पटक नेपाली फ्राञ्चाइज इतिहासमा फाइनल पुग्नबाटै बञ्चित भएको हो ।

आफूले सम्हालेको हरेक टोलीलाई शरदले नेपाली ट्वान्टी ट्वान्टी लिग प्रतियोगिताहरुमा फाइनलसम्म पुगाएका छन् । पोखर पल्टन पोखर प्रिमियर लिगको डिफेण्डिङ्ग च्याम्पियन पनि हो । टिम म्यानेजमेन्टसँग केही बिवाद रहे नरहेको बारेमा मैदान भित्र र बाहिर पनि केही मुद्दाहरु रहेको भन्दै शरदले भनेः बिवाद त होइन तर अलिकति प्रोफेसनलिज्म (व्यावसायिकता) थिएन ।

खेलाडीहरुलाई नियुक्त गर्ने प्रकृयाहरु केही पनि भएन । खेलाडीलाई पनि एउटा सेक्युरिटी हुनुपर्छ जस्तो लाग्छ । हामीसँग केही सम्झौता पनि भएको थिएन । प्रतियोगिता अगाडी कुनै औपचारिक कुरा पनि भएको थिएन जुन चाही च्याम्पियन नबुझने कुरा हो । यसले प्रदर्शनमा असर त पार्छ । आशा गरौं आउने दिनहरुमा राम्रो होस ।

पोखरा प्रिमियर लिगको पहिलो संस्करणको फाइनलमा पारस खड्काको चितवन राइनोजलाई फाइनल प्रवेश गरेको पोखराले निकै नै निराशाजनक प्रदर्शन गरेको थियो ।

काठमाडौंलाई पहिलो खेलमा एक सय १५ रनमा रोक्दै १५ ओभर भित्रै लक्ष्य भेट्टाएको पोखराको खेल त्यसपछि लगातार खस्किएको थियो । पोखरा चितवनबिरुद्ध एक सय ७ रनमै समेटिएको थियो भने बिराटनगर टाइटन्सबिरुद्ध १ सय ४६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा एक सय रनमा अल आउट हुन पुग्यो ।

बुटवल ब्लास्टर्ससँग ८ विकेटले पराजित भएको पोखराले उक्त खेलमा १ सय २१ रनमात्र बनाएको थियो । यस्तै सोमबार फराकिलो अन्तरले जित हात पार्नु पर्ने स्थितिमा पोखरा प्रतियोगिताकै कम योगफल ७९ रनमै सिमित भएको थियो । पोखरा १६ दशमलव तीन ओभरमै समेटिएको थियो ।

Click to comment

Trending