Headline

शरदको पल्टन पोखरामा पल्टियो

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मिडल अर्डर ब्याट्स्म्यान शरद भोषावकरको टोली पहिलो पटक नेपाली फ्राञ्चाइज ट्वान्टी ट्वान्टी लिगको इतिहासमा फाइनल पुग्नबाट बञ्चित भएको छ ।

शरदको पोखरा पल्टन पोखरा प्रिमियर लिगको पहिलो चरणबाटै बाहिरिएको छ । ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको पोखरा लगातार चार वटा खेल हार्ने क्रममा धनगढी ब्लुजसँग ५ विकेटले पराजित हुन पुग्यो ।

फ्राञ्चाइज लिग इतिहास शुरु भएदेखि आफूले सम्हालेको सबै टिमलाई फाइनलसम्म पुगाएका शरद पहिलो पटक लिग चरणमै असफल भएका हुन् । पञ्चकन्या तेजलाई एमरेष्ट प्रिमियर लिग जिताएर फ्राञ्चाइज लिग शुरुवात गरेका शरदले इपिएलमै भैरहवा ग्ल्याडिएटर्सलाई दुई पटक फाइनल पु¥याएका थिए ।

दोश्रो संस्करणको धनगढी प्रिमियर लिगमा पारिवारिक कारणले सहभागिता नजनएका शरदको टोली बिराटनगर किंग्स र महेन्द्रनगर युनाईटेड दुवै धनगढीमा फाइनल प्रवेश गरेको थियो ।

पोखरा प्रिमियर लिगको पहिलो संस्करणको फाइनलमा पारस खड्काको चितवन राइनोजलाई फाइनल प्रवेश गरेको शरदको पोखराले निकै नै निराशाजनक प्रदर्शन ग¥यो ।

काठमाडौंलाई पहिलो खेलमा एक सय १५ रनमा रोक्दै १५ ओभर भित्रै लक्ष्य भेट्टाएको पोखराको खेल त्यसपछि लगातार खस्किएको थियो । पोखरा चितवनबिरुद्ध एक सय ७ रनमै समेटिएको थियो भने बिराटनगर टाइटन्सबिरुद्ध १ सय ४६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा एक सय रनमा अल आउट हुन पुग्यो ।

बुटवल ब्लास्टर्ससँग ८ विकेटले पराजित भएको पोखराले उक्त खेलमा १ सय २१ रनमात्र बनाएको थियो । यस्तै सोमबार फराकिलो अन्तरले जित हात पार्नु पर्ने स्थितिमा पोखरा प्रतियोगिताकै कम योगफल ७९ रनमै सिमित भएको थियो । पोखरा १६ दशमलव तीन ओभरमै समेटिएको थियो ।

निकै नै नीरस देखिएको खेलमा आसिफ शेखले सर्वाधिक ३२ रन बनाएका थिए भने बिनोद भण्डारी १२ रन बनाएका थिए । अन्य कुनै पनि ब्याट्स्म्यानले दोहोरो अंकमा रन बटुल्न सकेका थिएनन् । धनगढीले ९ दशमलव एक ओभरमै लक्ष्य भेट्टायो । फराकिलो जितका बावजुद धनगढीको प्लेअफ सम्भावन क्षीण रहेको छ ।

धनगढी र तेश्रो स्थानमा रहेको काठमाडौं गोल्डेन वारियर्सको समान चार अंक रहेको छ तर रनरेटका आधारमा काठमाडौं माथि रहेको छ । काठमाडौंले चितवनसँग खेल्न बाकी रहेको छ । ८ अंक रहेको चितवन र ६ अंक रहेको बुटवल ब्लास्टर्स यसअघि नै प्लेअफमा प्रवेश गरिसकेका छन् ।

दुई अंक रहेको बिराटनगरको पनि सम्भावना कायम नै रहेको छ । उसले लिग चरण्को अन्तिम खेलमा बुटवल ब्लास्टर्ससँग खेल्नेछ ।

Click to comment

Trending