Trending

नेपाली महिला टोलीले अण्डर–१५ मैत्रीपूर्ण खेल खेल्दै

Published

on

नेपाली अण्डर १५ महिला टोलीले मङ्गलबार र बिहिबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा भुटान अण्डर १५ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल दिउसो दुई बजेदेखि शुरु हुनेछ ।

हामी महिला फुटबलको बिकासमा प्रतिबद्ध छौं । अण्डर १५ महिला टोलीले पहिलो पटक मैत्रीपूर्ण फटबल खेल्न लागिरहेको हो । हामी नेपाली महिला फुटबल प्रतिस्पर्धात्मक र दिगो बनाउन चाहन्छौं, एन्फा महासचिव इन्द्रमान तुलाधरले भने ।

नेपाली महिला अण्डर १९ टोलीले हालै बहराइनका टोलीहरुसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । नेपाली टोलीले बहराइन अण्डर १९ टोलीलाई ४–२ र ३–० ले पराजित गरेको थियो भने सिनियर टिमसँग एक–एक बराबरी गरेको थियो ।

खेलको लागि दर्शकहरुलाई निशुल्क गरिएको छ ।

Click to comment

Trending