Trending

आर्यन र ईशालाई जयकर स्मृती टेनिस उपाधी

Published

on

आर्यन गिरी र इशा श्री शाहले १७ औं जयकर स्मृती राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

अण्डर-१४ तर्फ आइतबार भएको फाइनलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधी उचालेका हुन् । यस्तै ईशाले सुभाङ्गी लक्ष्मी शाहलाई ६–४, ६–३ लेनै पराजित गर्दै उपाधी हात पारेकी हुन् । बिजयी दुवै खेलाडीले २५ हजार पुरस्कार हात पारे भने अकी र सुभाङ्गीले १२, ५०० प्राप्त गरे ।

प्रतियोगिताको योङ्गेष्ट पुरुष खेलाडीमा सुजन कुईकेल र महिला तर्फ जु युचेन रहे । प्रतियोगिताको पुरुष अण्डर–१२ तर्फको प्रतिस्पर्धामा आयुश्मान हजुर घलेले श्लोक केजर श्रेष्ठलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै जित हात पारे । बिजयी खेलाडीले २० हजार र दोश्रो स्थान हात पार्नेले १० हजार पाएका थिए ।

जयकर स्मृती एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष अण्डर–९ तर्फको खेलमा स्पर्श तिमिल्सिनाले बाजी मारे । उनले प्रणभ घिमिरेलाई ४–२, ४–० ले पराजित गर्दै उपाधि जितेका थिए । महिला तर्फ शिभाली गुरुङ्गले बाजी मारिन् ।

उनले कर्मिष्ठा नुघालाई ८–६, ५–३ ले पराजित गरिन् । अण्डर–८ पुरुष तर्फ प्रणव घिमिरेले संजोग ब्लोनलाई १०–३, १०–६ ले तथा शिभाली गुरुङ्गले आयुशा जिसीलाई १०–६, १०–२ मा पराजित गर्दै स्वर्ण हात पारे ।

Click to comment

Trending