Headline

सोमपालको बुटवल पोखरा प्रिमियर लिगको प्लेअफमा

Published

on

सोमपाल कामीको बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिगको प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

पोखरा क्रिकेट मैदानमा आइतबार भएको दोश्रो खेलमा भारतीय खेलाडी आफताबुद्दिन एहमदले उत्कृष्ट प्रदर्शन गर्दै अद्र्धशतक प्रहार गरेपछि बुटवलले धनगढी ब्लुजलाई ७ विकेटको फराकिलो अन्तरले पराजित ग¥यो । यसअघिको खेलमा चितवन राइनोजले पनि जित हात पार्दै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।

टस हारि पहिलो ब्याटिङ्ग गरेको धनगढीले कप्तान दिपेन्द्र सिँह ऐरिको अद्र्धशतकको मद्दतमा १९ दशमलव पाँच ओभरमा अल आउट हुदै १ सय ४० रन बनायो । जवाफमा एहमदले २२ बलमै अद्र्धशतक ठोकेपछि बुटवलले तीन विकेटको क्षतिमा एक सय ४० रन बनायो ।
एहमद आउट भएपछि अर्का भारतीय खेलाडी हर्ष टंकले पनि आक्रमक पारी खेलेपछि बुटवलले १६ दशमलव ४ ओभरभित्रै लक्ष्य प्राप्त गरेको थियो ।

बुटवलको पहिलो पाँच ओभर पूर्ण रुपमा एहमदकै नाममा रहेको थियो । पाचौं ओभरको चौथो बलमा अद्र्धशतक पुरा गरेर उनी पेभिलियन फर्कदा अर्का ओपनर शंकर रानाले खाता समेत खोलेका थिएनन् । एहमदले २३ बलमा ५२ रन बनाउदै सात छक्का र एक चौका प्रहार गरे ।

त्यसपछि टंकले बुटवललाई १ सय रन कटाउने काम गरे । उनले चार छक्का र तीन चौका प्रहार गर्दै २१ बलमा ४० रन बनाए । १४ औं ओभरमा आउट भएका शंकरले ३१ बलमा तीन चौका हिर्काउदै २५ रन बनाए । धनगढीका लागि एक मात्र कसिलो बलर साबित भएका अनिल खरेलले चार ओभरमा मात्र १३ रन खर्चदै दुई विकेट लिए ।

१३ रनमै तीन विकेट गुमाएको धनगढीका लागि दिपेन्द्र र सन्दिप जोराले चौथो विकेटका लागि ८७ रनको बिशाल साझेदारी गर्दै सम्हालेका थिए । तर जोरा दुई रन लिने चक्करमा दुर्भाग्यपूर्ण रनआउट हुन पुग्दा धनगढीको रन गतिमा अंकुश लाग्न पुगेको थियो । जोराले ३२ बलमा ३९ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे ।

पछिल्लो खेलमा चितवन राइनोजबिरुद्ध एक रनले अद्र्धशतकबाट चुकेका दिपेन्द्रले ४५ बलमा ६१ रन बनाए । उनको इनिङ्गसमा ६ चौका र दुई छक्का सामेल थियो । बुटवलका लागि अविनाश बोहोराले चार र ललित सिँह भण्डारीले तीन विकेट लिएका थिए ।

Click to comment

Trending