Headline

लिभरपुललाई पहिलो पटक क्लब बिश्वकपको उपाधि

Published

on

रोबर्टो फर्मिनोले अतिरिक्त समयमा गोल गर्दै लिभरपुलले पहिलो पटक फिफा क्लब बिश्वकपको उपाधि जितेको छ ।

कतारमा गए राति भएको फाइनलमा ९९ औं मिनेटमा गोल गर्दै फर्मिनोले लिभरपुललाई क्लब बिश्वकप जित्ने दोश्रो इङ्गलिस टोली बनाए । यसअघि म्यानचेस्टर युनाइटेडले सन् २००८ मा क्लब बिश्वकप जितेको थियो । फर्मिनोले यसअघि पनि मोन्टेरेबिरुद्धको सेमिफाइनलमा इन्जुरी समयमा गोल गर्दै लिभरपुललाई फाइनलसम्म डो¥याएको थियो ।

निकै नाटकीय रहेको निर्धारित समयको इन्जुरी समयमा रफिन्हाले लडाउदा रेफ्रिले पेनाल्टी दिएपनि भिडियो असिस्टेन रेफ्रिबाट निर्णय उल्टाइएको थियो । खलिफा अन्तर्राष्ट्रिय रँगशालामा यसअघि फर्मिनोले दुई र मोहम्मद सलाह एकपटक गोल गर्ने अवसरमा चुकेका थिए ।

मोन्टेरेले तेश्रो स्थानका लागि भएको खेलमा साउदी अरेबियाको अल हिलाललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको थियो । निर्धारित र अतिरिक्त समय २–२ बराबरीमा सकिएको थियो ।

Click to comment

Trending