Headline

दिपेशले गोल गरेपछि संकटाले खाता खोल्यो

Published

on

संकटा फुटबल क्लबले शहीद स्मरक ए डिभिजन लिग फुटबलमा न्यु रोड टिम (एनआरटी) लाई १–० ले पराजित गर्दै जितको खाता खोलेको छ ।

दशरथ रङशालामा भएको खेलमा नवौ मिनेटमा दिपश आले मगरले गोल गर्दै संकटालाई बिजयी बनाए । अघिल्लो बर्ष दोश्रो स्थानमा सक्काएको संकटाले यो बर्ष पहिलो जित निकाल्ने क्रममा निकै कसरत गर्नुपरेको थियो ।

खेलको तेस्रो मिनेटमा दिपेशले गरेको प्रहार बहिरिन पुग्दा संकटा अग्रता लिन चुकेको थियो । ४२औ मिनेटमा भने एनआरटीका कप्तान प्रकाश बुडाथोकीले गरेको क्रसमा अजयी मर्टिन्सको हेडरलाई संकटा गोलरक्षक अजित प्रजापतीले डाइभ हान्दै बचाएका थिए ।

दोस्रो हाफमा भने एनआरटीले पनि सम्हालिएको खेल प्रदर्शन ग¥यो । ४७ औं मिनेटमा मेसुके एन्टिङेको प्रहारलाई प्रकाशले गोललाइनबाट क्लियर गरिदिएका थिए । त्यही रिबाउन्डलाई एरिक बिष्टले अर्को हेडिङ गर्दै बचाए । ७७औ मिनेटमा एनअरटीले गोल गर्ने उत्कृष्ट मौका गुमाउन पुग्यो।

प्रकाशले मिड लाइन बाट दिएको पासलाई दर्शन गुरुङले गरेको प्रहार संकटाका गोलरक्षक बिनय श्रेष्ठले जोगाए । खेलको नवौ मिनेटकै गोल निर्णयक बन्न पुग्दा संकटाले लिगकै पहिलो जित निकाल्यो ।

Click to comment

Trending