Headline

काठमाडौं म्याराथनमा कान्छिको ह्याट्रिक

Published

on

नेपाल एपिएफ क्लबकी कान्छिमाया कोजुले लगातार तेश्रो पटक काठमण्डौ म्याराथनको उपाधी हात पारेकी छिन् ।

शनिबार भएको रेसमा कान्छिले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दुरी २ घन्टा ५७ मिनट २७ सेकेन्डमा पुरा गरिन् । उनले ११ औं र १२ औं संस्करणको उपाधि पनि जितेकी थिइन् । दोश्रो स्थानमा रहेकी सेनाकी सरिता बासीले ३ घन्टा १९ मिनट ०७ सेकेन्ड र तेश्रो स्थानमा रहेकी निर्जला ताम्राकारले ३ मिनट ४७ मिनट ४५ सेकेन्डमा दुरी पुरा गरे ।

एक समय नेपाली साइक्लिङमा एक छत्र राज गरेकी पुर्व नेपाल नम्बर वान निर्जलाले तेश्रो खेलकुदमा आफ्नो भाग्य आजमाएकी हुन् । उनले भर्खरै नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा पनि ट्रायथ्लनमा सहभागिता जनाउदै पदक समेत जितेकी थिइन् ।

पुरुषतर्फ भने नेपाली सेनाका नरेन्द्र सिँह रावतको रुपमा नयाँ नाम नेपाली म्याराथनमा प्रवेश भएको छ । नरेन्द्रले २ घन्टा ३३ मिनट १० सेकेन्डमा दौड पुरा गर्दै उपाधी उचालेका हुन् । उनले सेनाकै बेदबहादुर सुनुवारलाई पछि पार्दै जित निकालेका थिए ।

बेदबहादुरले २ घन्टा ३४ मिनट २० सेकेन्डमा दुरी पुरा गरे । तेश्रो स्थानमा रहेका सेनाकै ज्ञान प्रसाद भट्टराईले २ घन्टा ३४ मिनट ४५ सेकेन्डमा दुरी पुरा गरे । बिजयी शिर्ष तीन खेलाडीहरुले नगद रु ५० हजार, २० हजार र १५ हजार प्राप्त गरे ।

प्रो स्पोर्टसको आयोजनामा भएको प्रतियोगिताको हाफ म्यारथनमा पुरुष तर्फ सेनाका राजन रोकायाले १ घन्टा १० मिनट २६ सेकेन्डमा पुरा गर्दै बाजी मारे । दोश्रो स्थानमा रहेका हरी रिमालले १ घन्टा ११ मिनट १३ सेकेन्ड र तेश्रो भएका सेनाकै रामजी बस्नेतले १ घन्टा ११ मिनट २१ सेकेन्ड लगाए ।

महिला तर्फको हाफ म्याराथन सेनाकी पूर्ण लक्ष्मी न्यौपानेले जितिन् । उनले निर्धारित दुरी पुरा गर्न १ घन्टा २८ मिनट ०३ सेकेन्ड लगाईन् । सेनाकै सानु माया कार्कीले १ घन्टा ३० मिनट ०१ सेकेन्डका साथ दोश्रो र पुलिसकी रेखा बिष्टले १ घन्टा ३१ मिनट ३४ सेकेन्डका साथ तेश्रो स्थान प्राप्त गरे । दुवै तर्फका शिर्ष तीन खेलाडीहरुले २० हजार, १३ हजार र ७ हजार नगद पुरस्कार पाए ।

५ किलो मिटर खुला तर्फ पुरुषमा एपिएफका अजित कुमार यादवले निर्धारित दुरी १७ मिनट १९.७१ सेकेन्डमा पुरा गर्दै जित हात पारे । सेनाका गजेन्द्र राईले उक्त दुरी १७ मिनट ३०.६३ सेकेन्डमा पुरा गर्दै दोश्रो र शिब रायले १७ मिनट ५३.२२ सेकेन्डमा पुरा गर्दै तेश्रो भए ।

महिला तर्फ सेनाकी सरस्वती भट्टराईले बाजी मारिन् । उनले निर्धारित दुरी २२ मिनिट ०३.४१ सेकेन्डमा पुरा गरिन् । यस्तै दोश्रो स्थानमा रहेकी पुलिसकी बिर्सना कुमालले २३ मिनट ०९.३० सेकेन्ड र तेश्रो स्थानमा रहेकी पुलिसकै काजल बिष्टले २३ मिनट ३१.१० सेकेन्डमा पुरा गरे ।

Click to comment

Trending