Trending

जुनियरको गोलमा जावलाखेलसँग सरस्वती पराजित

Published

on

शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित हात परेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा बिदेशी खेलाडी ड्याडी वाम्बा जुनियरले गोल जावलाखेलले सरस्वती युथ क्लबलाई १–० को झिनो अन्तरले पराजित ग¥यो ।

जावलखेलले सुरुको मिनेट देखी नै सरस्वतीको रक्षापक्तिलाई व्यस्त राखेको थियो । पहिलो हाफको पाचौं मिनेटमै जावलाखेलले सरस्वतीको डिफेन्सको गल्तीको फाईदा उठाउन नसक्दा अग्रता लिन चुकेको थियो ।

खेलमा नवौं मिनेटमा सरस्वतीका दिपेश श्रेष्ठले पाएको मौका सदुपयोग गर्न सकेनन् । लगत्तै जुनियरले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । अर्का बिदेशी फोडे फोफानाले दुई डिफेन्डरलाई छक्याउदै दिएको पासमा गोल गर्न सफल भएका थिए ।

१६ औ मिनेटमा फोफानाले दिएको पासलाई जावलाखेलका बिजय घलानले सही दिशा दिन सकेनन् । पहिलो हाफमा जाउलाखेलले धेरै मौका श्रृजना गरेपनि अर्को गोल भने आफ्नो पोल्टामा पर्न सकेन ।

दोस्रो हाफमा झन निरिह देखिएको सरस्वतीको कमजोर रक्षापक्तिंको फाईदा जावलाखेलले उठाउन सकेन । ५५ औं मिनेटमा अरुज सिंहको प्रहार बाहिरिदा जावलाखेलले अग्रतालाई दोब्बर पार्ने अर्को मौका गुमाएको थियो ।

त्यसको दुई मिनेटपछि नै विजयको प्रहार क्रसबारमा लाग्दै फर्किएपछि रिबाउन्ड बलमा ड्याडीको हेडर गोलरक्षक प्रदिप भण्डारीले जोगाए । ६५औ मिनेटमा सरस्वतीका कृष्ण रानाभाटको प्रहार बहिरिन पुग्दा सरस्वती बराबरी गर्ने अवसरमा चुक्यो ।

पहिलो खेलमा लिग दाबेदार मनिएको थ्री स्टारसँग बराबरी खेलेको जावलाखेलको चार अंक भएको छ । सरस्वती भने लगातार दोश्रो खेलमा पराजित हुन पुग्यो ।

Click to comment

Trending