Trending

आर्सनलमा ‘जोश’ परिवर्तन गर्न आवश्यकः नयाँ व्यवस्थापक मिकेल आर्टेटा

Published

on

आर्सनलका नयाँ व्यवस्थापक मिकेल आर्टेटाले आफूले तीन बर्ष अगाडी छोडपछि गुमेको क्लबको जोश परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नोभेम्बरमा लगातारको खराब परिणामपछि उनाई एमेरीलाई बर्खास्त गरेको आर्सनलले शुक्रबार ३७ बर्षीय आर्टेटालाई साढे तीन बर्षका लागि अनुबन्धन गरेको थियो । यसअघि म्यानचेस्टर सिटीमा सहायक प्रशिक्षक रहेका आर्टेटाले अहिलेसम्म कुनै पनि क्लब पूर्ण रुपमा सम्हालेका भने थिएनन् । यो क्लबलाई म निकै सम्मान गर्छु ।

“यदि मलाई म तयार छैन भनेर लागेको भए म शायद आज यो कुर्सिमा बसिरहेको हुने थिइन,” आर्टेटाले नियुक्त भए लगत्तैको पत्रकार सम्मेलनमा आत्मबिश्वासको साथ भने ।

“क्लब व्यवस्थापन गर्ने मेरो पहिले देखि कै सपना रहेको थियो । जुन दिन मैले क्लब छोड्ने निर्णय लिएका थिए मैले त्यही समय मैले धेरैलाई भनेकै थिए की म बाहिर गएर तयारी गरेर फेरि आउनेछ । म यो चुनौतिका लागि पछिल्लो केही बर्षका लागि तयारी गरिरहेको थिए । मलाई यो क्लबको इज्जत र उचाईको बारेमा राम्रो ज्ञान छ र म बाट गरिएको अपेक्षाको बारेमा पनि । म यो चुनौतिका लागि तयार छु,” आर्टेटाले थपे ।

आर्टेटाले आर्सनलको कप्तान पनि बनेका थिए भने गनर्ससँगको पाँच बर्षीय प्लेयिङ करिअरमा दुई वटा एफए कप पनि जितेका थिए । पछिल्लो खेलमा घरेलु मैदानमै म्यानचेस्टर सिटीसँग पराजित भएको आर्सनल अहिले प्रिमियर लिगको १० औं स्थानमा रहेको छ । आर्टेटा उक्त खेल हेर्न एमिरेट्स पुगेका थिए ।

“पहिलो काम भनेको क्लबको जोश परिवर्तन गर्ने नै हो । पछिल्लो हप्ता म त्यही थिए र मलाई अलि नराम्रो लागेको थियो । मैले यसका लागि सबै जनाको दिमाग एकै सरह चलाउनु पर्नेछ । हामीले सहि संस्कृतिको निर्माण गर्नुपर्नेछ । हामी यसरी नै चल्नुपर्नेछ भनेर मैले सबैलाई स्पष्ट पार्नुपर्नेछ ।”

Click to comment

Trending