Trending

८–० ले हारेपछि क्लबको सिँगो गाँउले नै पायो बिपक्षीबाट आकर्षक निमन्त्रणा

Published

on

स्पेनको चौथो श्रेणीको क्लब बेसेरिल कोपा डेल रेको खेलमा बिहिबार रियल सोसिडाडसँग ८–० को फराकिलो अन्तरले पराजित भयो ।

तर सोसिडाडका अध्यक्ष जोकिन एपेरिबेले बेसेरिलका पुरै गाँउलेहरुलाई सोसिडाडले खेल्ने भविष्यको एक खेलका लागि निमन्त्रण दिन पुगेका छन् ।

उत्तरी स्पेनको सानो गाँउ बेसेरिलमा ७ सय ५४ मानिस बस्छन् । र एपेरिबेले बिहिबारको जितपछि सिँगो गाँउलाई नै ला लिगामा सोसिडाडको आगामी म्याच हेर्न निमन्त्रण दिएका थिए । आफ्नो रोजाइको कुनै पनि खेलमा बेसेरिलका जनता, क्लबका खेलाडी, पदाधिकारी सबैलाई सोसिडाडले यातायात, टिकट र डिनरको प्रायोजन गरिदिनेछ ।

“त्यही खेल (सोसिडाबिरुद्ध) पनि हाम्रो लागि फुटबलको पर्व रहेको थियो । हामीलाई सोसिडाडले गरेको व्यवहार र फराकिलो हारपछि दिएको सहानुभुति प्रति हामी आभारी छौं । अब हामी हाम्रो क्यालेन्डर हेर्छौ र त्यही अनुसार सोसिडाड जाने निर्णय लिन्छौं,” बेसेरिलका अध्यक्ष हुँवा एन्टोनियो रेडोन्डोले भने ।

Click to comment

Trending