Headline

चार मिनेटमा दुई गोल गरेपछि ब्रिगेडको पहिलो जित

Published

on

चार मिनेटको अन्तरमा दुई गोल गरेपछि ब्रिगेड बोइज क्लबले शाहीद स्मरक ए डिभिजन लिगमा आफ्नो पहिलो जित दर्ता गरेको छ ।

ब्रिगेडले जितको खाता खोल्ने क्रममा दशरथ रंगशालामा फ्रेन्ड्स क्लबलाई २–० ले पराजित ग¥यो । फ्रेन्ड्सको यो लगातार दोश्रो हार हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ब्रिगेडका लागि जय गुरुङ र रोशन राना मगरले गोल गरेका थिए ।

पहिलो हाफमा गोलको केही मौका सृजना गरेपनि दुवै टोली चुकेका थिए । खेलको १५ औ मिनेटमा फ्रेन्ड्सले गोलको अवसर पाएको थियो । ब्राजिलियन खेलाडी फिलिप डे सौजाको प्रहार ब्रिगेडका गोलरक्षक विशाल सुनुवारले सहजै बचाए ।

१७ औं मिनेटमा ब्रिगेडका विजय गुरुङको फ्रि किकलाई फ्रेन्ड्का गोलरक्षक सरोज योञ्जनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए । ३१ औ मिनेटमा फ्रेन्ड्का प्रिजेन तामाङ वान भर्सेस वानमा गोल गर्न चुके ।

दोस्रो हाफमा भने दुवै टोलीले सम्हालिएर खेले । दोस्रो हाफको ८८औ मिनेटमा जयले गोल गर्दै ब्रिगेडलाई आग्रता दिलाए । त्यसको ठीक ४ मिनेट पछी थपिएको इन्जुरी टाइममा रोशन राना मगरले फेरी गोल गर्दै बिबिसीलाई तीन महत्वपूर्ण अंक दिलाए ।

Click to comment

Trending