Headline

च्यासलले मच्छिन्द्रलाई बराबरी मै रोक्यो

Published

on

जापानी खेलाडी टाइगा नाकामुराले उत्कृष्ट प्रदर्शन गरे पछी च्यासलले आफूभन्दा बलियो प्रतिद्वन्दी मानिएको मच्छिन्द्रलाई १–१ गोलको बराबरीमा गरेको छ ।

एन्फा कम्प्लेक्स मा भएको खेलमा च्यासलले सराहनीय खेल देखायो । पहिलो हाफमा केही समय दुबै तर्फबाट उत्तिकै मौका बनाउदा २७ औ मिनेटमा च्यासलले गोल गर्दै अग्रता लिएको थियो । देवेन्द्र तामाङले ८८ औं मिनेटमा गोल गरेपछि मच्छिन्द्रको अप्रत्याशित हार टरेको थियो ।

गोलको लागि पहिलो अवसरमै च्यासल सफल भएको थियो । सन्तोष साहुखलले डि बक्स बहिरबाट गरेको लामो प्राहार मच्छिन्द्रका गोलकिपर बिशाल श्रेष्ठले जोगाउन सकेनन । गोल खाए लगतै आक्रमक खेल खेल्न थालेको मच्छिन्द्रले आफ्नो पहिलो मौका ३० औं मिनेटमा बिशाल राइको सटबाट बनाएका थिए

बिशालको सट भने यासलका गोलकिपर एलेन न्यौपानेले बचाए । ३५ औं मिनेट मा बिशाललाई लडाएपछि पाएको फ्रि किकलाई रन्जित धिमालले थोरै मात्र बाहिर प्रहार गरेका थिए । दोस्रो हाफमा भने खेल सुरु भएको पहिलो मिनेट देखी नै आक्रमक प्रदर्शन गरेको मच्छिन्द्रले ५५ औ मिनेटमा बिशालले गरेको हेडरले एलेनलाई बिट गर्न भने सकेन ।

७५ औ मिनेटमा च्यासलका हेमन्त थापा मगरले गरेको लामो प्राहार आकासियो । ८२ औं मिनेटमा मच्छिन्द्रले पाएको फ्रि किकलाई रन्जित धिमालले सही दिशा दिन सकेनन् ।

च्यासलको डिफेन्सलाई ढाल्ने क्रममा ८८ औं मिनेटमा बिशालले तीन डिफेन्डरलाई बिट गर्दै डि बक्स भित्र दिएको पासलाई देवेन्द्र तमाङले गोल गर्दै मच्छिन्द्रलाई हार बाट जोगएका थिए । अतिरिक्त समयको अन्तिम मिनेटमा सुनिल बललाई लडाएपछि नाकामुराले प्रहार गरेको फ्रिकिकलाई बिशाल श्रेष्ठले उत्कृष्ट ढँगले बचाएका थिए ।

Click to comment

Trending