Headline

आरिफ र सन्नीको उत्कृष्ट फिनिसिङ्ग, चितवनको लगातार तेश्रो जित

Published

on

आरिफ शेख र सन्नी पटेलले उत्कृष्ट फिनिसिङ्ग दिएपछि पोखरा प्र्रिमियर लिगमा पारस खड्काको चितवन राइनोजले लगातार तेश्रो जित हात पारेको छ ।
पोखरा क्रिकेट मैदानमा भएको दोश्रो खेलमा चितवनले धनगढी ब्लुजलाई ५२ रनले पराजित ग¥यो । जितसँगै ६ अंकसहित शिर्ष स्थानमा रहेको चितवन प्लेअफ नजिक पगेको छ । दोश्रो स्थानको बुटवल ब्लास्टर्सको तीन खेलबाट चार अंक भएको छ ।
टस जितेर पहिलो ब्याटिङ्ग गरेको चितवनका लागि सन्नी र आरिफले अन्तिम ३० बलमा ७२ रन जोडेपछि पाँच विकेटको क्षतिमा १ सय ८१ रनको बिशाल योगफल खडा गरेको थियो । इनिङ्गसको पहिलो दुई बलमै दुई विकेट गुमाएको धनगढीले २० ओभरमा ८ विकेटको क्षतिमा एक सय २९ रन मात्र बनाउन सक्यो ।
बिहिबार पिपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल बनाउदै बुटवललाई २ सय ३ रन ठोकेको चितवनले शुक्रबार पनि छरितो शुरुवात नै गरेको थियो । दिपेन्द्र सिँह ऐरिले ओपनर रोहन मुस्तफा (९) लाई आउट गर्दा चितवनले चार दशमलव तीन ओभरमा २९ रन बनाएको थियो । पारस (२३) ले त्यसपछि दोश्रो विकेटका लागि बाबर हायातसँग २७ रन जोडे ।
त्यसपछि धनगढीले पारस, हायात, हरि शंकर साह र अनिल साहको विकेट लिदै खेललाई आफ्नो नियन्त्रणमा लिएको थियो । हायातले २८ बलमा ३६ रन बनाउदै तीन चौका र दुई छक्का प्रहार गरे ।
धनगढीले चितवनलाई सामान्य योगफलमै रोक्ने देखिएपनि आरिफ र सन्नीले त्यस्तो हुन दिएनन् । उत्कृष्ट ब्याटिङ्ग गरेका आरिफले २० बलमै ४७ रन ठोकेका थिए । उनले चार छक्का र दुई चौका प्रहार गरे । सन्नीले तीन छक्का र एक चौका प्रहार गर्दै ३२ रन बनाए ।
ठूलो योगफल पछ्याउन मैदान उत्रेको धनगढीलाई पहिलो बलदेखि नै झड्का लागेको थियो । सुभेन्दु पाण्डे एक बल पनि नखेली रन आउट भए भने अर्को बलमा क्यानडेली खेलाडी श्रीमन्था विजयरत्नेलाई करण केसीले एलबिडब्लु धरापमा पारेका थिए ।
कप्तान दिपेन्द्र सिँह ऐरिले इनिङ्ग सम्हाल्ने प्रयत्न गर्दै अर्का ओपनर रोद्रिगो थोमससँग तेश्रो विकेटका लागि ५५ रन जोडेका थिए । तर सन्नीले थोमस र नयाँ ब्याट्स्म्यान सन्दिप रजालीलाई लगातार दुई बलमा पेभिलियन फर्काएपछि धनगढीले ५५ रनमै चार विकेट गुमाउन पुग्यो । थोमसले २० बलमा दुई चौका र एक छक्काको मद्दतमा २४ रन बनाए ।
दिपेन्द्रले सन्दिप जोरा (२१) सँग अर्को ३८ रनको साझेदारी गर्दै धनगढीलाई खेलमा फर्काएपनि उनी दुर्भाग्यपूर्ण रुपमा ४९ रनमा आउट हुन पुगे । भुवन कार्कीलाई लगातार दोश्रो छक्का प्रहार गर्ने चक्करमा दिपेन्द्रले बाबर हायातलाई डिप स्क्वायर लेगमा क्याच थमाउन पुगे । दिपेन्द्रले ४२ बलको इनिङ्गसमा चार चौका र दुई छक्का प्रहार गरे ।
दिपेन्द्रको विकेटसँगै धनगढीको जितको आशा समाप्त हुन पुगेको थियो । चितवनका लागि भुवन कार्कीले चार ओभरमा २३ रन खर्चेर तीन विकेट लिए ।

Click to comment

Trending