राष्ट्रिय

पोखरा पिपिएलबाट बाहिरिने संघारमा

Published

on

ओपनर आफताबुद्दिन एहमदले उत्कृष्ट ब्याटिङ्ग गर्दा डिफेन्डिङ्ग च्याम्पियन पोखरा पल्टन पोखरा प्रिमियर लिगको समुह चरणबाटै बाहिरिने संघारमा पुगेको छ ।

लगातार तेश्रो हार व्यहोर्ने क्रममा साबिक बिजेता पोखरा शुक्रबार भएको खेलमा बुटवल ब्लास्टर्ससँग ८ विकेटको फराकिलो अन्तरले पराजित हुन पुग्यो । मात्र एक खेलेको पोखरको दुई अंक रहको छ भने अब उसको भाग्य अन्य खेलहरुमा निर्भर रहनेछ । पोखराले धनगढी ब्लुजसँग मात्र खेल्न बाकी रहेको छ ।

बिहानको कठिन पिचमा टस हारि पहिलो ब्याटिङ्ग गरेको पोखरालाई बुटवका बलरहरुले बाधेर राखेका थिए । पोखराले २० ओभरमा पाँच विकेटको क्षतिमा मात्र एक सय २१ रन बनायो । दोश्रो इनिङ्गमा एहमदले ब्याटिङ्ग निकै सहज बनाए ।

एहमदले ४६ बलमै ७५ रन ठोकेपछि बुटवलले १४ ओभरमै लक्ष्य प्राप्त गर्दै प्रतियोगिताको दोश्रो जित हात हात पा¥यो । बुटवलले बिहिबार भएको खेलमा चितवन राइनोजसँग एक सय १९ रनको फराकिलो पराजय बेहोरेको थियो ।

बुटवलका लागि सहज जितको आधार खडा गर्ने क्रममा एहमदले पहिलो विकेटका लागि शंकर रानासँग ८७ रनको साझेदारी गरेका थिए । एहमदले १२ चौका र दुई छक्का प्रहार गरे । शंकरले १९ र भिम सार्कीले नटआउट १६ रन बनाएका थिए ।

यसअघि १४ औं ओभरमा पाँच विकेट गुमाउदै मात्र ६९ रन बनाएको पोखरालाई रवि इन्दर सिँह र प्रथमेश दाके (२०) ले सम्मानजनक योगफलतर्फ धकेलेका थिए । रविले ४२ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ४५ रन बनाए । हर्ष टंकले बुटवलका लागि दुई विकेट हात पारे ।

Click to comment

Trending