Headline

काठमाडौैं म्याराथनमा टाईम चिप्सको प्रयोग गरिने

Published

on

प्रो स्पोर्टस्ले शनिबार आयोजना हुने १३ औं काठमाण्डौ म्याराथनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ ।

म्याराथन प्रतियोगिताका दौरान महिला तथा पुरुष म्याराथन र हाफ म्यारथन, कर्पोरेट रिले, ५ किमि खुला दौड, ५ किमि छात्र तथा छात्रा दोड र ३ किमि ह्विलचियर दौड रहेको छ । यस पटक पहिलो पटक युवाहरुलाई लक्षित गर्दै फेमिली रन पनि समावेश गरिएको छ ।

म्याराथनमा नेपालमै पहिलो पटक टाईम चिप्सलाई प्रयोगमा ल्याइने आयोजकले दाबी गरेको छ । म्याराथन टाईम चिप्सले कुनै पनि सहभागि खेलाडीले तय गरेको दुरी र उसले लगाएको समयबारे जानकारी दिन्छ ।

म्याराथन, हाफ म्याराथन तथा ५ कि.मि. दौडका लागि ५ हजार खेलाडीहरु अपेक्षा गरिएको र हाल सम्म ५० बिदेशी खेलाडीहरुले नाम दर्ता गरिसकेका छन् । म्याराथनलाई प्रदेश ३ सरकार र काठमाण्डौ महानगरपालिकाले ५–५ लाख तथा भक्तपुर नगरपालिकाले १ लाख सहयोग गर्ने जनाईएको छ ।

Click to comment

Trending