Headline

नेपाल बास्केटबल लिग थ्रि बाई थ्रिलाई फिबाको आधिकारिकता

Published

on

नेपाल बास्केटबल लिगको थ्रि बाइ थ्रि बास्केटबल प्रतियोगिताले अन्तर्राष्ट्रिय बास्केटबल महासंघ (फिबा) को मान्यता पाएको छ ।

नेपाल बास्केटबल लिग (एनबिएल) प्राइभेट लिमिटेडले पछिल्लो दुई बर्षदेखि नेपालको एक मात्र होम एण्ड अवे अवधारणामा नेपाल बास्केटबल लिग गर्दै आइरहेको छ । एनबिएल अन्तर्गत नै अहिले थ्रि बाई थ्रि बास्केटबल पनि भइरहेको छ ।

बास्केटबलको क्रेज रहेका नेपालको पुर्वी भेगमा थ्रि बाई थ्रि इष्ट भइसकेको छ । यसको उपाधि धरानको होराइजन क्लबले जितेको थियो । एनबिएलले पोखरामा एनबिएल थ्रि बाई थ्रि वेष्टको पनि आयोजना गर्न गइरहेको छ ।

थ्रि बाई थ्रि वेष्टको फाइनल पोखरामा हुनेछ । थ्रि बाई थ्रि संरचनामा दुवै टोली १० मिनेटका लागि भिड्दछन् । तर कुनै पनि टोली १० मिनेट अघि नै २१ अंक पुग्न सफल भएको खण्डमा बिजेता घोषित हुनेछ । एनबिएल आयोजक पिडिसिएनका बोर्ड तथा प्रमुख सदस्य

नेपालल हालै सम्पन्न दक्षिण एसियाली खेलकुद अन्तर्गतको थ्रि बाई थ्रि बास्केटबलमा रजत पदक जितेको थियो । फाइनल पुगेको नेपाल भारतसँग पराजित भएको थियो ।

नेपाली बास्केटबलले आफ्नो इतिहासमा जितेको पहिलो र एक मात्र रजत पदक त्यही नै हो । १३ औ दक्षिण एसियाली खेलकुद अन्तर्गत नै नेपाली महिला टोलीले फुल कोर्टमा भने रजत पदक जित्दै नयाँ इतिहास कोरेको थियो ।

नेपाल बास्केटबल लिगका अध्यक्ष नमित बहादुर थापाले एनबिएल थ्रि बाई थ्रिले पाएको आधिकारिकताले एनबिएललाई अझ राम्रो बनाउदै अघि बढ्नु पर्ने बताएका छन् । “एनबिएल थ्रि बाई थ्रि लाई आधिकारिकता चाहिन्थ्यो नै । अब हामी यो प्रतियोगितालाई अझै व्यवस्थित र ब्यवसायिक बनाउन लाग्ने छौं । आशा गरौं यो आधिकारिकताले एनबिएलको फुल कोर्ट लिगलाई पनि यसले मद्दत गर्नेछ,” नमितले भने ।

Click to comment

Trending