Headline

च्याम्पियन मनाङको लिगमा बिजयी सुरुवात, थ्रि स्टार रोकियो

Published

on

गौरव फुयाल, काठमाडौं

साबिक बिजेता मनाङ मस्र्याङ्दी क्लबले शाहीद स्मारक ए डिभिजन लिगमा बिजयी सुरुवात गरेको छ ।

दशरथ रँगशालामा बुधबार भएको खेलमा मनाङले बिभागीय टोली एपीएफलाई २–० ले पराजित ग¥यो । मनाङलाई पहिलो खेलमा तीन अंक दिलाउने क्रममा दुवै गोल बिमल राना मगरले पहिलो हाफमै गरेका थिए ।

निकै आक्रमक देखिएको मनाङले राम्रो खेलको प्रदर्शन गरेको थियो । अष्ट्रेलियन लोकल लिग खेलेर भर्खरै नेपाल आएका जगजित श्रेष्ठले मनाङको लागि निकै उत्कृष्ट खेल खेले । जगजितकै क्रसमा मनाङले २८ औ मिनेटमा बिमलको हेडरबाट अग्रता बनाएको थियो । त्यसको छ मिनेट बित्न नपाउदै बिमलले आफ्नो दोस्रो गोल गर्दै टिमलाई जिततर्फ अग्रसर गराएका थिए । उनले विदेशी खेलाडी कोएरा लार्बाको पास बललाई गोलको दिशा दिएका थिए ।

पहिलो गोल देखी नै दबाबमा रहेको एपीएफले भने पहिलो हाफमा खसै राम्रो प्रदर्शन गर्न सकेन । दोस्रो हाफमा भने सम्हालिएर खेलेको एपीएफले मनाङलाई खुलेर खेल्ने मौका दिएको थिएन । दोस्रो हाफमा राम्रो मुभ नबनएको मनाङलाई भने एपिएफले दवाब दिएको थियो । खेलमा म्यान अफ द म्याच बिमाल राना चुनिए ।

थ्री स्टारलाई पहिलो गाँसमै ढुँगा

लिग दबेदार मनिएको थ्री स्टारले भने लिगको आफ्नो पहिलो खेलमा जावलाखेल युथ क्लबसँग गोलरहित बराबरी खेलेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको १० औ मिनेटमा जावलाखेलले आग्रता लिने मौका गुमायो । विदेशी खेलाडी ड्याडी जुनियर माम्बाले दिएको पासलाइ सदुपयोग गर्न नसक्दा जावलाखेलले सुवर्ण मौका गुमाउन पुगेको थियो ।

दुवै टोलिबाट उतिकै मुभहरु बनेका थिए । १५ औ मिनेटमा थ्री स्टारका रुपेश केसीले गरेको लामो प्रहार लाइ जावलाखेलका गोलरक्षक टेकेन्द्र थापाले जोगाए । यसै गरि २७ औ मिनेटमा जावलाखेलले अर्को अवसर खेल फाल्यो । फोफाना फोडेले पाएको फ्रि हेडर फ्रेममा पनि पार्न सकेन ।

३७ औ मिनेटमा थ्री स्टारका रुपेश केसी केसीलाइ लडाएपछि उनले नै प्रहार गरेको फ्रिकिक जाउलाखेलका गोलरक्षकको हातमा लागि क्रस बारमा ठोक्किन पुगेको थियो । ३८औ मिनेटमा थ्री स्टारले पाएको मौकालाइ मिच्खेंन तामाङ्गले सदुपयोग गर्न सकेनन ।
दोस्रो हाफको सुरुवाती मिनेटदेखि नै सुस्ताएको खेलमा थ्री स्टारले भने ६० मिनेटमा अवसरको सृजना ग¥यो तर वासुलिड्रानले बललाई गोलको दिशा दिन सकेनन ।

त्यसको २ मिनेट पछि नै स्ट्राइकर बिजय भुजेल वान–अन–वान मा गोल गर्न चुके । जावलाखेलका फोफनाले ८६ औ मिनेटमा गरेको प्रहार आकासिन पुगेको थियो । खेलमा म्यन अफ द म्यच जाउलाखेलका गोल रक्षक टेकेन्द्र थापा घोसित भए ।

Click to comment

Trending