Headline

एनआरटीले सरस्वतीलाई ४–० ले हरायो, पुलिस पहिलो खेलमै रोकियो

Published

on

गौरव फुयाल, काठमाडौं

बिदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि एनआरटीले सरस्वती युवा क्लब माथि ४–० को जित निकलेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा अफ्रिकन खेलाडी जुनियर ओन्गेने निकेन्गेको गोलबाट अग्रता लिएको एनआरटीले बाकी तीनवटै गोल दोश्रो हाफमा गरेको थियो । दोश्रो हाफमा सरोज तामाङले दुई र जोर्डन जुनियर एनडेम्बेले एक गोल थपेका थिए ।

खेलमा शुरुवाती दवाब भने सरस्वतीले सृजना गरेको थियो । आठौं मिनेटमा डि बक्स बहिर बसन्त गुरुङले प्रहार गरेको फ्रिकिक थोरै मात्र बाहिरिएको थियो । २३ औ मिनेटमा दिपेश श्रेष्ठले साइड लाइनबाट एक्लै डिबक्स सम्म लादै गरेको प्रहार क्रस बारबाट थोरै मात्र बहिरिएको थियो । लगत्तै दशमल गुरुङको प्रहार पनि बारिएको थियो ।

यता सेट हुन समय लिएको एनआरटीले टोटल फुटबलको नमुना पस्किएको थियो । उसले ४२ औं मिनेटमा पएको कर्नरको सदुपयोग गर्दै गोल ग¥यो । बिदेशी खेलाडी जुनियर ओन्गेने निकेन्गेले कप्तान प्रकाश बुढाथोकीको कर्नरलाई सही दिशा दिदै अग्रता दिलाएका थिए ।
त्यसको तीन मिनेटपछि राजेश पारीयारको एक्रोब्याटिक सट आकासिएको थियो । दोस्रो हाफमा भने एनआरटीले आक्रमक खेल प्रदर्शन र्गयो ।

५३ औं मिनेटमा जोर्डन जुनियर एनडेम्बा ओवोनाले गोलकिपर बिष्णु कुमार केसी आफ्नो पोजिसनमा नभएको समयमा पोस्टबाट निकै माथि प्रहार गरेका थिए । अर्को मौका बनाउने क्रममा राजेश परियारले मार्किङ्ग नहुदा पनि पोस्ट भन्दा धेरै बहिर हान्न पुगे ।

लगातार आक्रमक मुवहरु बनाएको एनआरटी ७६ औं मिनेटमा फ्रि किक पायो । एरिक बिष्टले प्रहार गरेको फ्रिकिकलाई सरोज तामाङले सुन्दर डाइभिङ्ग हेडरबाट जाली चुमाएका थिए । सरस्वतीले दोस्रो हाफमा सोचे जस्तो प्रदर्शन गर्न असफल रह्यो ।

८२ औ मिनेटमा सरोजले ब्यक्तिगत दोश्रो र टिमका लागि तेश्रो गोल गरे । डिफेन्डरले क्लियर गरेको बललाई उनले शक्तिशाली सट प्रहार गर्दै एनआरटीको जित सुनिश्चित गरेका थिए । ९० औं मिनेटमा जोर्डन जुनियर एनडेम्बेले अर्को गोल गरेपटि एनआरटीले सहज जित दर्ता ग¥यो ।

मङ्गलबार नै भएको दोश्रो खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेको छ । पछिल्लो केही समय लिग फुटबलमा खासै राम्रो गर्न नसकेको पुलिसले आफ्नो पहिलो खेलमै निराशाजनक प्रदर्शन गर्न पुग्यो ।

पहिलो हाफमा निकै राम्रो प्रदर्शन गरेको पुलिसले दोस्रो हाफमा शेर्पालाई दवाबमा पनि राख्न सकेन । पुलिस भन्दा निकै कमजोर मनिएको हिमालयन शेर्पाले दोस्रो हाफमा सम्हालिएर खेलेको थियो ।

पुलिसका स्टार जुमनु राईले १३ औं मिनेटमा प्राहार गरेको बलले दिशा लिन सकेन । ३१ औं मिनेटमा जुमानुकै पासमा डिबक्समा रहेका सुमन लामाको सशक्त प्रहारलाई गोलकिपर किशोर गिरिले डाइव गर्दै छेकेका थिए ।

दोस्रो हाफमा दुबै टोलीबाट धेरै मौका सृजना हुन सकेन । दोस्रो हाफमा थकित देखिएको पुलिसले ६२ औ मिनेटमा रवी पासवानले गरेको प्राहार बाहिरिनु बहेक अरु कुनै मौका बनाउन सकेन । ७५औ मिनेटमा हिमालयन शेर्पाका आशिष गुरुङले गरेको प्राहारलाई पुलिसको गोलकिपर सत्रुधन चौधरीले रोकिदिए । हिमालयनका अशिष म्यान अफ द म्याच चुनिए ।

Click to comment

Trending