Headline

च्याम्पियन्स लिगः नक आउटमा रियल र म्यानचेस्टर सिटीबीच भिडन्त

Published

on

च्याम्पियन्स लिगको नकआउट चरणमा इङ्गलिस प्रिमियर लिग डिफेन्डङ्ग च्याम्पियन म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल म्याड्रिडलाई आफ्नो प्रतिद्वन्दीको रुपमा पाएको छ ।

स्विट्जरल्याण्डमा सोमबार भएको ड्रमा १३ पटकको च्याम्पियन्स लिग बिजेता रियल र सिटी भिड्ने भएका हुन् । पछिल्लो सिजन स्पेनिस लिगमा तेश्रो भएको रियलले अहिले साबिक बिजेता बार्सिलोनालाई कडा टक्कर दिदै बराबर ३५ अंकसहित गोल अन्तरको आधारमा मात्र दोश्रो स्थानमा रहेको छ ।

निकै खराब समयबाट गुज्रिरहेको म्यानचेस्टर सिटी इङ्गलिस प्रिमियर लिगको अंक तालिकाको तेश्रो स्थानमा रहेपनि शिर्ष स्थानको लिभरपुलसँग १४ अंकले पछि परेको छ । लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ अर्को स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडसँग खेल्ने भएको छ ।

च्याम्पियन्स लिगको डिफेन्डिङ्ग च्याम्पियन लिभरपुल प्रिमियर लिगमा अपराजित रहदै १७ खेलबाट ४९ अंक सहित पहिलो स्थानमा छ । यो सिजन उसले एक मात्र खेल हारेको छ जुन च्याम्पियन्स लिगको लिग चरणमा इटालियन क्लब नापोलीबिरुद्ध रहेको थियो ।

सन् २०१२ को च्याम्पियन्स लिग फाइनलमा भिडेका चेल्सी र बायर्न एकपटक फेरि आमने सामने हुने भएका छन् । अर्को इङ्गलिस टोली टोटन्ह्याम हट्स्परले जर्मन टोली आरबी लिब्जिगको सामना गर्नेछ । क्रिश्चियानो रोनाल्डोको टोली युभेन्टसले फ्रेञ्च क्लब लायन र लियोनल मेस्सीको बार्सिलोना नापोलीसँग भिड्नेछ ।

अर्को जर्मन क्लब बोरुसिया डर्टमन्डले फ्रेञ्च च्याम्पियन पिएसजी र स्पेनिस क्लब भ्यालेन्सियाले एट्लान्टाबिरुद्ध खेल्नेछ । अन्तिम १६ अन्तर्गत पहिलो लेग फेब्रुवरी १८, १९, २५ र २६ मा हुनेछ भने दोश्रो लेग मार्च १०, ११, १७ र १८ मा खेलाइनेछ । यो सिजनको च्याम्पियन्स लिग फाइनल टर्कीको राजधानी इस्तानबुलमा मे ३० मा हुनेछ ।

Click to comment

Trending