Headline

साहुखलको २ गोलमा च्यासलको विजयी सुरुवात  

Published

on

गौरव फुयाल, काठमाडौँ
पूर्व राष्ट्रिय खेलाडी सन्तोष साहुखल चम्किए पछी च्यासल फूटबल क्लबले शहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।
सोमबार दसरथ रंगशालामा भएको खेलमा साहुखलको दुई गोलसँगै च्यासलले पूर्व लिग उपबिजेता संकटालाई २-० गोल ले पराजित गरेको छ । युवा खेलाडीले भरिएको संकटालाई च्यसाल सामु टिक्न मुस्किल नै परेको थियो ।
पहिलो हाफमा दुबै टोलीले उत्कृस्ट खेल प्रदर्शन गरे पनि शाहुखलको ४१औं मिनेटको गोलले च्यासललाई अगाडि बढायो ।
दोस्रो हाफमा पनि अक्रमक प्रदर्शन गरेको संकटा च्यासल भन्दा धेरै लयमा देखिन्थियो तर पनि ७५औ मिनेटमा संकटाले बराबरी गर्ने सुवर्ण अवसर गुमायो । क्षितिज राज जिटीको हेडरमा गोलरक्षक एलन न्यौपाने बिट भए पनि अभिषेक लिम्बूले गोललाइनबाट क्लियर गरे । लगत्तै सुभाष गुरुङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई एलने उत्कृष्ट बचाउ गरे ।
निकै रोमन्चक खेलमा ८१औ मिनेटमा संकटा १० खेलाडीमा सिमित भयो । लक्ष्मण रुचालले २ मिनेटको अन्तरमा दोहोरो पहेंलो कार्ड पाएपछि संकटाको खेलमा फर्कने सम्भावना पातलियो ।
च्यासलका कप्तान साहुखलले अमिर श्रेष्ठको पासलाई सदुपयोग गर्दै ८५औ मिनेट आफ्नो व्यक्तिगत तथा टोलीलो लागि दोश्रो गोल गरे । त्यस पछि कुनै गोल हुन सकेन र च्यासलले २-० को जीत आत्मसाथ गर्यो। च्यासलको जीतका नायक साहुखल म्यान अफ द म्याच पनि घोषित भए ।
आजको खेलमा २-० को जित निकालेको च्यसालले ३ अंक बटुलेको छ ।

Click to comment

Trending