Headline

दिपेन्द्रले उत्कृष्ट बलिङ्ग गर्दा धनगढीको रोमाञ्चक जित

Published

on

दिपेन्द्र सिँह ऐरिले महत्वपूर्ण क्षणमा तीन विकेट लिएपछि धनगढी ब्लुजले बलिङ्गबाट उत्कृष्ट पुनरागमन गर्दै पोखरा प्रिमियर लिगमा बिजयी शुरुवात गरेको छ ।

ठूला नामहरु भित्र्याउदै उपाधिमा दाबेदारी देखाएको धनगढी ब्लुजले रोमाञ्चक लो–स्कोरिङ्ग खेलमा बिराटनगर टाइटन्सलाई पाँच विकेटले पराजित ग¥यो । टस हारी पहिलो ब्याटिङ्ग गरेको धनगढीले अपेक्षा अनुरुप खेल्न सकेन । बिराटनगरले उसलाई २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १ सय १७ रनमा रोकेको थियो ।

अन्तिम १८ बलमा बिराटनगरलाई जितका लागि मात्र २४ रनको आवश्यकता हुँदा बलिङ्ग गर्न आएका दिपेन्द्रले पहिलो बलमै राजेश पुलामीको विकेट लिदै मात्र एक रन खर्चिएका थिए । कमल सिँह ऐरिले गरेको १९ औं ओभरमा ८ रन बटुलेपछि अन्तिम ओभरमा बिराटनगरलाई जितका लागि १५ रनको आवश्यकता रहेको थियो ।

स्पिन गरेका दिपेन्द्रले अन्तिम ओभर आफै गर्ने बहादुरीपूर्ण कदम चाल्दै पहिलो बलमै पुनित मेहरालाई बोल्ड गर्दै आकर्षक शुरुवात दिलाए । दोश्रो बलमा डट फालेपनि किशार महतोले तेश्रो बलमा छक्का प्रहार गर्दै खेललाई थप रोमाञ्चक बनाएका थिए । चौथो बलमा डबल लिदै बिराटनगरलाई खेलमा कायम राखे ।

दुई बलमा सात रन चाहिएको स्थितिमा दिपेन्द्रलाई किशोरले बोल्ड गरेपछि धनगढीको जित लगभग सुनिश्चित बन्यो । अन्तिम बलमा दिपेन्द्रले मात्र एक रन खर्चिए । म्यान अफ द म्याच दिपेन्द्रले चार ओभरमा एक मेडन सहित १९ रन मात्र खर्र्चिएपछि बिराटनगर ९ विकेटको क्षतिमा १ सय १२ रनमै रोकियो ।

सागर ढकालले पनि दुई विकेट लिएका थिए । बिराटनगरका लागि राजु रिजालले सर्वाधिक २५ रन बनाए । २२ बलको सामना गरेका उनले दुई चौका र एक छक्का हिर्काए । सुनिल धमलाले १८ र पुनितले १५ रन बनाएका थिए ।
यसअघि घरेलु खेलाडीहरु चल्न नसक्दा धनगढी सामान्य योगफलमै समेटिन पुगेको थियो । दिपेन्द्र गोल्डेन डक र अर्का अनुभवि बिदेशी

खेलाडी अमृत यादवलाई शाहब आलमले आफ्नै बलिङ्गमा उत्कृष्ट डाइभिङ्ग क्याच लिएपछि धनगढीले दवाबमा खेल्नु परेको थियो ।
कमल सिँह ऐरिले ९ नम्बरमा ब्याटिङ्ग गर्दै २६ रन बनाएपछि धनगढी एक सय २० रन नजिक पुगेको थियो । कमलले २१ बलमा दुई चौका र दुई छक्का प्रहार गरेका थिए । अर्का बिदेशी खेलाडी श्रीमन्धा बिजयरत्नेले २५ बलमा २५ रन बनाए ।

बिजयरत्नेले चार चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै रोद्रिगो थोमसले १३ बलमा दुई छक्काको मद्दतमा १३ रन बनाए । सौरभ खनाल (१२) र मञ्जित श्रेष्ठ (११) ले पनि दोहोरो अंकमा रन बनाइरहेका थिए ।

शाहबले बिराटनगरका लागि सर्वाधिक तीन विकेट लिएका थिए । उनले चार ओभरमा ३० रन खर्चिए । यस्तै नोमन खानले चार ओभरमा २५ रन खर्चिएर दुई विकेट लिए । पुनितले कसिलो बलिङ्ग गर्दै चार ओभरमा मात्र सात रन खर्चिएर एक विकेट लिएका थिए ।

Click to comment

Trending