Headline

डि ब्रुन नायक बन्दा सिटीले आर्सनललाई घरेलु मैदानमा ढाल्यो

Published

on

केभिन डि ब्रुनले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले इङ्गलिस प्रिमियर लिगमा आर्सनललाई उसकै घरमा ३–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

एमिरेट्समा भएको खेलमा सिटीको तीन वटै गोलमा डि ब्र्रुन प्रत्यक्ष रुपमा संलग्न रहेका थिए । सिटीले सबै गोल पहिलो हाफमै गर्दै आर्सनलका घरेलु समर्थकहरुलाई निराश पारेको थियो ।

खेलको दोश्रो मिनेटमै अग्रता लिएको सिटीलाई डि ब्रुनले ग्याब्रियल जिजसको पासमा गोल गर्दै अगाडी बढाए । १५ औं मिनेटमा डि ब्रुनकै पासमा रहिम स्टरलिङ्गले दोश्रो गोल गरेका थिए । ४० औं मिनेटमा फिलिप फोडेनको असिस्टमा डि ब्रनले ब्यक्तिगत दोश्रो र क्लबका लागि तेश्रो गोल गरेका थिए ।

यसअघि भएका खेलहरुमा एभर्टनले म्यानचेस्टर युनाइटेडलाई ओल्ड ट्राफोर्डमा १–१ गोलको बराबरीमा रोकेको थियो भने टोटेन्ह्याम हट्स्परले वुल्भ्सलाई २–१ ले पराजित ग¥यो ।

MANCHESTER, ENGLAND – SEPTEMBER 25: Mason Greenwood of Manchester United celebrates scoring their first goal during the Carabao Cup Third Round match between Manchester United and Rochdale AFC at Old Trafford on September 25, 2019 in Manchester, England. (Photo by Matthew Peters/Manchester United via Getty Images)

भिक्टर लिन्डेलफले ३६ औं मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेड घरेलु मैदानमै पछि परेको थियो । युरोपा लिगमा एजेड अल्कमारबिरुद्ध दुई गोल गरेका मेसन ग्रिनउडले एक पटक फेरि गोल गर्दै युनाइटेडको नाक बचाएका थिए ।

पाहुना टोलीहरुले सफलता हात पारेको दिनमा टोटेन्ह्यामले आठौं मिनेटमा लुकास मौराको गोलबाट अग्रता लिएको थियो । अडामा ट्राओरेले ६७ औं मिनेटमा गोल गरेपछि उल्भ्सले बराबरी गरेको थियो । ९० औं मिनेटमा यान भर्टोगनले गोल गरेपछि टोटन्ह्याम तीन अंक लिएर घर फर्किएको थियो ।

लेस्टर सिटीले शनिबार भएको खेलमा बराबरी गरेपछि फाइदा लिन सफल अपराजित लिभरपुल अंक तालिका ४९ अंक सहित पहिलो स्थानमा रहेको छ । लेस्टरको ३९ अंक रहेको छ । १७ खेलको समाप्तिपछि लिभरपुलको ३५ अंक भएको छ भने चौथो स्थानको चेल्सीको २९ अंक रहेको छ । यस्तै टोटेन्ह्याम २६ अंकसहित पाचौं स्थानमा छ ।

Click to comment

Trending