Headline

कुशलको आकर्षक अद्र्धशतक, पोखरको शान्दार शुरुवात

Published

on

कुशल भुर्तेलले पोखरा प्रिमियर लिगको पहिलो अद्र्धशतक प्रहार गरेपछि डिफेण्डिङ्ग च्याम्पियन पोखरा पल्टनले शान्दार शुरुवात गरेको छ ।
आइतबार भएको खेलमा पोखराले ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन वारियर्सबिरुद्ध ९ विकेटको सहज जित दर्ता ग¥यो । कप्तान शरद भेषावकरको टस जिति पहिलो फिल्डिङ्ग गर्ने निर्णयलाई सही साबित गर्दै पोखराका बलरहरुले कागजमा बलियो देखिएको काठमाडौंलाई २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १५ रनमै समेट्यो ।
जवाफमा कुशलले आकर्षक अद्र्धशतक बनाएपछि पोखराले १४ दशमलव एक ओभरमा एक विकेट मात्र गुमाई लक्ष्य प्राप्त ग¥यो । ३४ बलमा अद्र्धशतक पुरा गरेका कुशलले ४३ बलमा नटआउट ६५ रन बनाए । उनले पाँच छक्का र चार चौका प्रहार गरे ।
पहिलो विकेटका लागि आसिफ शेख (१४) सँग ३१ रनको साझेदारी गरेका कुशलले दोश्रो विकेटका लागि रवि इन्दर सिँहसँग नटआउट ८८ रनको शान्दार साझेदारी गरेका थिए । बिजयी छक्का हानेका रविले ३२ बलमा ३८ रन बनाए । उनले पाँच चौका पनि हिर्काएका थिए ।
यसअघि सुबोध भाटीले आक्रमक ब्याटिङ्ग गरेपनि काठमाडौं राम्रो ब्याटिङ्ग पिचमा सस्तैमा समेटिएको थियो । भाटीले २९ बलमा ४५ रन बनाएका थिए । ठूलो शट खेल्ने चक्करमा भाटी सरबजित लड्डाको बलमा काउ कर्नरमा समातिएका थिए । भाटीले चार चौका र चार छक्का प्रहार गरेका थिए ।
गौरभ तोमर (१३) र सुसन भारी श्रेष्ठ (१०) दोहोरो अंकमा योगदान दिने अन्य ब्याट्स्म्यानहरु थिए । पोखराका लागि रसिद खान, ललित नारायण राजबंशी र कुशल मल्लले दुई–दुई विकेट लिएका थिए । यस्तै अर्का बिदेशी खेलाडी प्रथमेस दाकेले पनि एक विकेट लिएका थिए ।

Click to comment

Trending