Headline

‘नेपालले जुन दिन ओडिआई मान्यता पायो, मेरो आखाबाट आसु झरेको थियो’

Published

on

राष्ट्रिय क्रिकेट टोलीका पुर्व बायाँ हाते तिब्र गतिका बलर अमृत भट्टराई चार बर्षपछि नेपाली घरेलु क्रिकेटमा देखिदैछन् । 
सन् २०१५ देखि अष्ट्रेलियामा बस्दै आइरहेका अमृत तास्मानियको होबार्टमै ग्रेड क्रिकेट खेलिरहेका छन् । क्रिकेट खेल्न भनेर नै अमृत पोखरा प्रिमियर लिगमा सहभागिता जनाउनका लागि यसपटक नेपाल आएका हुन् । 
नेपालले बिश्व क्रिकेटमा छलाँग मादै ट्वान्टी ट्वान्टी बिश्वकप प्रवेश गर्दा अमृत टिमको प्रमुख सदस्य रहेका थिए । 
पोखरा प्रिमियर लिगमा काठमाडौं गोल्डेन वारियर्सका लागि उद्घाटन खेलमा डिफेण्डिङ्ग च्याम्पियन पोखरा पल्टनबिरुद्ध खेल्नुअघि अमृतले क्रिकेटिङ्गनेपालसँगको अन्तर्वातामा चार बर्ष अष्ट्रेलियामा हुँदा सबैभन्दा बढी नेपाली क्रिकेटलाई नै मिस गरेको बताएका छन् ।
जब नेपालले ओडिआई मान्यता पायो त्यो दिन मेरो आखाबाट आशु झरेको थियो । ओडिआई राष्ट्र बन्नु हामी सबैको सपना थियो र यो कहिले पनि सहज थिएन । यसका लागि राष्ट्रिय टोलीमा रहेका सिनियर खेलाडी र नयाँ आएका जुनियर खेलाडीहरुले पनि धेरै मिहिनेत गरेका छन्, अमृत भन्छन् । 
करणले खेलेको त्यो इनिङ्गस साच्चिकै उत्कृष्ट थियो । मैले करणलाई वान म्यान आर्मी भन्दै फेसबुकमा स्ट्याटस पनि लेखे । टिमका साथीहरुलाई मेसेज पनि पठाए, उत्साहित अमृतले सम्झिए ।
अमृतसँग गरिएको अन्तर्वार्ता

Click to comment

Trending