Trending

सलाहले दुई गोल गरेपछि लिभरपुललाई ११ अंकको अग्रता

Published

on

मोहम्मद सलाहले दुई गोल गरेपछि लिभरपुलले इङ्गलिस प्रिमियर लिगमा वाट्फोर्डलाई २–० ले पराजित गर्दै अंक तालिकामा आफ्नो अग्रतालाई कायम राखेको छ ।
एन्फिल्डमा वाट्फोर्डले दवाब बनाइरहदा सलाहले ३८ औं मिनेटमा उत्कृष्ट फिनिसिङ्ग गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्सको ठ्याक्कै बाहिर दाया खुट्टाले प्रहार गर्दै टप कर्नरको जाली चुमाएका थिए ।
९० औं मिनेटमा सलाहले लिभरपुलको जित सुनिश्चि गरे । डिभोक ओरिगिले सादियो मानेबाट पाएको बल गोल लाइन अगाडी नै निकालेपछि सलाहले गोलकिपर त्रिश्चियन काबासेलेको ताँगमुनिबाट गोल गरेका थिए । गोल निश्चित गर्न रेफ्रिले भारको सहारा लिएका थिए ।
व्यवस्थापक योर्गन क्लोप लिभरपुलमै २०२४ सम्मै रहने गरि नयाँ सम्झौता गरेको भालिपल्ट लिभरपुलले लिगमा आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । लिभरपुलको १७ खेलबाट ४९ अंक रहेको छ ।
लेस्टरले शनिबार नै नर्विच सिटीलाई पराजित गरेको खण्डमा लिभरपुलको अग्रता फेरि ८ अंकमा झर्नेछ ।

Click to comment

Trending