Headline

मेरो बिचारमा नेपाली टोलीमा अझै पनि ठाँउ खाली छः सुबास खकुरेल

Published

on

राष्ट्रिय क्रिकेट टोलीका पुर्व ओपनिङ्ग ब्याट्स्म्यान सुबास खकुरेल १८ महिनापछि नेपालको घरेलु क्रिकेटमा पुनरागमन गर्न गइरहेका छन् । २०७४ को प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफका लागि खेले यता घरेलु क्रिकेटमा देखिएका थिएनन् ।
आइतबार पोखर प्रिमियर लिग शुरु हुँदा सुबास डिफेन्डिङ्ग च्याम्पियन पोखर पल्टनबिरुद्ध उत्रदै काठमाडौं गोल्डेन वारियर्सका लागि खेल्नेछन् । नेपाली टोलीका लागि सेप्टेम्बर, २०१८ मा एसिसि एसिया कपमा सहभागिता जनाएका सुबास एकपटक फेरि नेपाली जर्सी लगाएर उत्रन चाहन्छन् ।
नेपाली टोलीमा पछिल्लो समय अन्तिम ११ मै पर्नका लागि प्रतिस्पर्धा तिब्र रहेपनि स्थान खाली रहेको बताउछन् । सुबास अब पिपिएलबाटै राम्रो गर्दै एउटा राम्रो आधार बनाउन चाहन्छन् ।
पोखरा प्रिमियर लिग शुरु हुनुअघि सुबासले क्रिकेटबाट आफू बाहिर रहँदाको परिस्थिति, घरेलु क्रिकेट र आफ्नो आगामी योजनाबारे क्रिकेटिङ्गनेपालसँग खुलाएका थिए । हेरौं यो भिडियो अन्तर्वार्ता

Click to comment

Trending