१३औं दक्षिण एसियाली खेलकुद

दोहोरो स्वर्ण जित्ने मण्डेलाई थिमीको साढे पाँच लाख

Published

on

१३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक बिजेता मण्डे काजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले साढे पाँच लाख नगद सहित सम्मान गरेको छ ।

शनिबार भएको एक कार्यक्रममा थिमी नगर प्रमुख मदन सुन्दर श्रेष्ठले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरेको थियो । यसअघि मण्डेलाई नगर परिक्रमा पनि गरिएको थियो । मण्डेसँगै उनका दक्षिण एसियाली खेलकुदका प्रशिक्षक गङ्गा राम महर्जन र बाल्यकालका प्रशिक्षक सजन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

मण्डेले सागमा नेपाललाई पहिलो स्वर्ण जिताएका थिए । त्यही दिन उनले टिम कातामा पनि स्वर्ण पदक हात पारेका थिए । उनलाई नेपाल सरकारले पनि घोषणा १४ लाख दिने घोषणा गरिसकेको छ । श्रेष्ठले मण्डेका लागि उनले अहिलेसम्म प्राप्त गरेको पदक र सम्मान पत्र राख्नका लागि एउटा बक्स पनि बनाइदिने बताएका छन् ।

Click to comment

Trending