Headline

ए डिभिजन लिग आजबाट शुरु, पहिलो खेलमा ब्रिगेड बोइज भिड्ने  

Published

on

शहिद स्मारक ए डिभिजन लिग आजबाट शुरु हुँदैछ । यस सिजनको पहिलो खेलमा मछिन्द्र क्लब र ब्रिगेड बोइज क्लब (बीबीसी) भिड्ने छन् । दशरथ रंगशालामा हुने भनिएको खेल वर्षाका कारण एन्फा कम्प्लेक्समा दिउँस ३:०० शुरु हुनेछ ।
अघिल्लो संस्करणको लिगमा मछिन्द्र पुछारबाट दोश्रो तथा बीबीसी पुछारबाट तेश्रो भएको थियो । यस पटक लिग जीत्ने दाउका साथ मछिन्द्रले मनाङ तथा थ्रि-स्टारका खेलाडीहरुलाई भित्राएको छ । मछिन्द्रमा नेपाली टोलीका पुर्व कप्तान विराज महर्जन, हालै नेपालमा सम्पन्न औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जीत्दाका कप्तान सुजल श्रेष्ठ, फाइनलका नायक अविषेक रिजाल जस्ता खेलाडीहरु रहेका छन् भने ब्रिगेड बोइजको कप्तानी नेपाली टोलीका पुर्व कप्तान अनिल गुरुङ रहेका छन् ।
प्रवेश खतिवडा, प्रशिक्षक, मछिन्द्र क्लब
थोरै समय प्रशिक्षणमा बिताएकोले केटाहरुमा आत्मबिश्वासको अलि कमी थियो तर अधिकांश राष्ट्रिय टोलीका खेलाडीहरुको आगमनले त्यो पनि हटेको छ । शुरुवत देखी नै हामी राम्रो प्रदर्शन गर्ने छौ । नया खेलाडीको आगमनसँगै मछिन्द्रलाई लिग दाबेदारको रुपमा हेर्दा हुन्छ ।
अर्बिन गुरुङ,प्रशिक्षक, ब्रिगेड बोइज
टिम युवा खेलाडीले भरिएको छ । ठूलो नाममा अनिल गुरुङ छन् । अरु ठूलो नाम नभएपनि हाम्रो टिमले ठूला क्लबहरुलाई टक्कर दिन सक्छ । तयारी सम्पूर्ण सकिसक्यो र अब हामी लिगकै पर्खाइमा छौ ।

बीबीसीको टोली :- 
अनिल गुरुङ (कप्तान), विजय गुरुङ, उत्तम गुरुङ, जय गुरुङ, सुवित कार्की, मनोज राई, रजत तिवारी, रोशन राना मगर, रन्दिप पौडेल, ऋतिक खड्का, पदम भट्टराई, बृजेस चौधरी, शिशिर लेखी, विशाल सुनार, एन्जल महर्जन, पृथ्वी चौधरी, रोशन दोङ, जीवन भट्टराई, दिपेङ्क राज सिंह, ताजुद्दिन बुसारी, जर्ज बिन्सेन्ट, ओलाकेजी इशाक एरी
मछिन्द्रको टोली :- 
विराज महर्जन (कप्तान), सुजन श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, देवेन्द्र तामाङ, बुद्ध चेम्जोङ, अविषेक रिजाल, विजय धिमाल, दिपक राई, हेमन गुरुङ, रेजिन सुब्बा, रेजिन धिमाल, सुर्य अधिकारी, योगेश गुरुङ, पिटर सेगुन, ओडेलाजा सोमिडे, अन्द्रियास निया

Click to comment

Trending