Headline

क्लोप अर्को चार बर्ष लिभरपुलमै रहने

Published

on

लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले क्लबसँग नयाँ सम्झौता गर्दै सन् २०२४ सम्म एन्फिल्डमै बस्ने निर्णय गरेका छन् ।

अक्टोबर, २०१५ मा जर्मन क्लब डर्टमण्डबाट लिभरपुल आएका क्लोपले जुलाई, २०१६ मा ६ बर्षको लागि सम्झौता नविकरण गरेका थिए । शुक्रबार क्लोपले उक्त सम्भौता अर्को दुई बर्षका लागि लम्बाएका हुन् । पहिलो दुई सिजन मै क्लबमा परिवर्तन ल्याउन सफल क्लोपले लिभरपुललाई २०१८–१९ को सिजनमा च्याम्पियन्स लिगको बिजेता बनाएका थिए ।

एक अंक र गोल अन्तरले मात्र पछि परेको लिभरपुल गत सिजन इङ्गलिस प्रिमियर लिगमा दोश्रो भएको थियो । यो सिजन भने लिभरपुल १६ खेलपछि ४६ अंक सहित अग्रस्थान रहेको छ । दोश्रो स्थानमा रहेको लेस्टर सिटीको ३८ अंक रहेको छ ।

“अहिले यो क्लब एकदम राम्रो स्थानमा रहेको छ । त्यसैले म क्लब छोड्ने बिषयमा साच्नै सक्दिन,” ५२ बर्षीय क्लोपले लिभरपुलको वेबसाइटलाई भनेका छन् । “अहिले क्लबले गरिरहेको प्रगतिलाई देख्दा मलाई मेरो योगदान बढ्दै जाने मात्र देख्दछु ।”

यो सिजन अपराजित रहेको लिभरपुलले १६ मध्ये मात्र एक खेलमा बराबरी गरेको छ । गत सिजन ९८ अंक सहित लिग जितेको सिटी ३२ अंक सहित तेश्रो र चेल्सी २९ अंकका साथ चौथो स्थानमा रहेको छ । पाचौं स्थानको म्यानचेस्टर युनाइटेडको २४ अंक रहेको छ ।

Click to comment

Trending