Headline

नाइट क्लब काण्ड पछि स्ट्राइकर बिमल, अन्जन सहित चार फुटबलरलाई भारी प्रतिबन्ध 

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीका बिमल घर्ती मगर, अन्जन बिष्ट, दिनेश राजबशीं र सन्तोष तामाङलाई भारी प्रतिबन्ध लगाएको छ ।
विश्वकप छनोट अन्तर्गत कुबेत बिरुद्ध भुटानमा आयोजना भएको खेलका लागि जाने अघिल्लो दिन काठमाडौँको नाइट क्लबमा अबेर सम्म बसेका कारण उनीहरुलाई एन्फाको अनुशासन समितीले आज भारी प्रतिबन्ध लगाएको हो । आजबाट लागु हुने गरि गरिएको कारबाहीमा बिमल र दिनेशलाई ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिनका लागि प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै एन्फाले उनीहरुलाई नगद ५० हजार पनि जरिवाना लगाएको छ । चारजना खेलाडीले प्रतिबन्धका कारण भोलीबाट शुरु हुने शहिद स्मारक ए डिभिजन लिग पनि खेल्न पाउने छैनन् ।
यस अघि बिमल घर्ती मगर, अन्जन बिष्ट, दिनेश राजबशीं र सन्तोष तामाङलाई नेपालमा सम्पन्न भएको १३औ दक्षिण एसियाली खेलकुद सागको फुटबल टिमबाट हटाइएको थियो । नेपालले खेलेको कुवेतबिरुद्धको खेल अघि बन्द प्रशिक्षणको दौरान नाइट क्लब गएका कारण एन्फाले चार जना खेलाडीलाई राष्ट्रिय टिमबाट बर्खास्त गरेको थियो । 
सागको लागि मुख्य खेलाडी मनिएका यी तीन खेलाडीहरुलाई निलम्बित गरे पछी प्रशिक्षक बाल गोपाल महर्जनले तीन नयाँ अनुहार राष्ट्रिय टिममा भित्राएका थिए । उनीहरुको स्थानमा नेपाल एपीएफ क्लबका राजिव लोप्चन, फ्रेण्ड्सका प्रेजेन तामाङ र एनआरटीका राजेश परियारलाई टोलीमा मौका दिइएको छ ।

Click to comment

Trending