Headline

जापानी क्लबसँग नेपाल निलोको फराकिलो हार 

Published

on

नेपाली राष्ट्रिय फुटबल टोली निलो र जापान फुटबल लिग यु-२२ टोली बिचको मैत्रीपुर्ण खेलमा ४-० को फराकिलो अन्तरले पराजित भएको छ ।
पहिलो हाफमा एक शुन्यले पछि परेको नेपालले दोश्रो हाफमा तीन गोल खायो । जापानले पहिलो हाफको ३० औं मिनेटमा गोल गर्दै मासाहिको सुगिताको गोलमा १-० को आग्रता लियो । दोश्रो हाफको चौथों मिनेटमा सुगिताले नै गोल गर्दै जापानलाई २-० को अग्रता दिलाए ।
त्यस्तै दोश्रो हाफको ६३औं मिनेटमा सातोशी सुनोमाटाको गोलमा जापानले अग्रतालाई ३-० मा पुर्याए । खेल सकिन १६ मिनेट रहेको अवस्थामा टोशिकी सासाकीले गोल गर्दै आफ्नो टोलीलाई फराकिलो जीत सुनिश्चित गरे ।
नेपाल निलोमा राष्ट्रिय टोली र हालै नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता रहेका खेलाडी बाहेकको टोलीलाई समावेस गरिएको थियो ।
जापानी टोलीले अब दोश्रो मैत्रीपुर्ण खेलमा लिग च्याम्पियन मनाङ मर्स्यांङदी क्लबको सामना गर्नेछ ।

Click to comment

Trending