Headline

दक्षिण एसियाली खेलकुदका पदक बिजेताहरुको नगर परिक्रमा

Published

on

मङ्गलबार सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदका पदक बिजेता खेलाडीहरुको काठमाडौंमा शुक्रबार नगर परिक्रमा गरिएको छ ।
पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराएको हो । नगर परिक्रमा त्रिपुरेश्वरस्थित राखेप कार्यालयबाट शुरु भएको थियो ।
सहभागिहरुले न्यु रोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटिमण्डपसम्म पैदल गएको थियो । पैदल नगर परिक्रमाका दौरान अगाडि भागमा नेपाली सेनाको व्यान्ड टोली थियो । भृकुटिमण्डपबाट सम्पूर्ण टोलीले भ्यानमा नगर परिक्रमा गरेका थिए ।
भृकुटिमण्डपबाट टोली सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुेश्वरस्थित राखेपको हातामा प्रवेश गरेपछि नगर परिक्रमा कार्यक्रम सम्पन्न भएको थियो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार कोटश्वरदेखि सूर्यविनायकसम्म तय गरिए पनि बर्षाका कारण स्थगित गरिएको थियो ।
नेपालले सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोश्रो पदक तालिकामा दोश्रो भएको थियो । यो नेपालको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणमा पनि नेपाल ३१ स्वर्ण जित्दै दोश्रो भएको थियो ।

Click to comment

Trending