Headline

बर्षाका कारण पिपिएल एक दिन पछि धकेलियो

Published

on

लगातारको बर्षाका कारण पोखरा प्रिमियर लिग एक दिन पछाडी सरेको छ । नेपालका प्रतिष्ठित ट्वान्टी ट्वान्टी लिगहरु मध्येका एक पोखरा प्रिमियर लिग शनिबारदेखि शुरु हुने तय भएको थियो ।

तर पोखरामा शुक्रबार बिहान चार बजेदेखि लगातार बर्षा भएपछि प्रतियोगिता एक दिन पछाडी धकेलिएको हो । बर्षाका कारण पोखरा रँगशालाको मैदान पहिलो दिनको खेलको लागि उपयुक्त नरहेको कारण सारिएको हो ।

पहिलो दिनको खेलमा डिफेण्डिङ्ग च्याम्पियन पोखर पल्टन र काठमाडौं गोल्डेन वारियरर्स खेल्ने कार्यक्रम रहेको थियो । अब दुई टिम आइतबार भिड्नेछन् भने एक दिनको बिश्राम काटिएको, क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशनक छुम्बि लामाले जानकारी दिएका छन् ।

आज पोखराको सांग्रिला भिलेजमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले ट्रफि अनावरण गरेका थिए ।

Click to comment

Trending