Headline

अनिल गुरुङ ब्रिगेड ब्वाइजबाट खेल्ने 

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान अनिल गुरुङले यस संस्करणको शहिद स्मारक ए डिभिजन लिग ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बाट खेल्ने भएका छन् ।
गत संस्करणको लिगमा थ्री स्टारबाट खेलेका अनिलले यस पटक बीबीसीबाट खेल्न लागेका हुन् । क्लबले आज एक कार्यक्रमको आयोजना गर्दै अनिललाई नै कप्तानीको जिम्मा पनि दिएको छ । अनिलले २०६२ सालमा लिगको शुरुवात पनि बीबीसीबाट नै गरेका थिए ।
नेपाली राष्ट्रिय टोलीबाट सन्यास लिईसकेका अनिल घरेलु खेल जीवनको पनि उत्तरार्दमा छन् ।
 
बीबीसीको टोली : 
अनिल गुरुङ (कप्तान)
विजय गुरुङ
उत्तम गुरुङ
जय गुरुङ
सुवित कार्की
मनोज राई
रजत तिवारी
रोशन राना मगर
रन्दिप पौडेल
ऋतिक खड्का
पदम भट्टराई
बृजेस चौधरी
शिशिर लेखी
विशाल सुनार
एन्जल महर्जन
पृथ्वी चौधरी
रोशन दोङ
जीवन भट्टराई
दिपेङ्क राज सिंह
ताजुद्दिन बुसारी
जर्ज बिन्सेन्ट
ओलाकेजी इशाक एरी

Click to comment

Trending