Headline

दशरथ रँगशालामा जापानी टिमसँग भिड्दै नेपाल

Published

on

१३ औं दक्षिण एसियाली खेलकुद पुरुष फुटबलको फाइनल सकिए लगत्तै नेपाली राष्ट्रिय तथा घरेलु फुटबलरहरुको नेपाली निलो टोलीले शुक्रबार जापानी टोलीसँग खेल्न गइरहेको छ ।
खेल दशरथ रँगशालामा दिउसो तीन बजेदेखि शुरु हुनेछ । अखिल नेपाल फुट्बल संघ (एन्फा) को निमन्त्रणामा नेपाल आएको जापानी टोलीले मैत्रीपूर्ण खेल खेल्न गइरहेको हो ।
यसअघि जापानी टोलीले दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक बिजेता नेपाली अण्डर २३ टिमसँग खेल्ने भनिएपनि धेरै खेलाडीहरु फिट नदेखिएपछि नेपाल निलो सँग खेल हुन गइरहेको हो ।
नेपाली टोलीमा को–को हुनेछन् खुलाइएको भने छैन । जापान फुट्बल लिग अन्तर्गतका अण्डर–२२ का खेलाडी समेटिएको जापानी टोलीले शुक्रबार नेपाल निलो र आइतबार शहिद स्मारक ए डिभिजन लिग बिजेता मनाङ मस्र्याङ्दी क्लबसँग खेल्ने छ ।
जापान फुटबल लिग चौथो बरियताको जापानइज लिग हो । जापान फुट्बल संघले नेपालको फुटबल स्तर उन्नतीको लागि टिम पठाएकोमा अफु निकै खुशी रहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

Click to comment

Trending