Headline

ए डिभिजन लिगलाई कतारको प्रायोजन 

Published

on

शहिद स्मारक ए डिभिजन लिगलाई कतार एयरले प्रयोजन गर्ने भएको छ ।
आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ् शेर्पा तथा कतार एयरको तर्फबाट नेपालका कन्ट्री म्यानेजर मोहमद एल इमानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एक बर्षको लागि गरिएको सम्झौता अनुसार कतारले नेपाललाई एक लाख ५० हजार डलर प्रदान गर्नेछ । कतारले एन्फालाई दुई किस्तामा रकम तिर्नेछ । पहिलो किस्तामा ९० हजार तथा दोश्रो किस्तामामा ६० हजार तिर्नेछ ।
एन्फाले लिगका लागि अन्तरास्ट्रिय प्रायोजक भेटेको यो पहिलो पटक हो ।

Click to comment

Trending