Headline

प्रधान सेनापति कप महिला अन्तर्राष्ट्रिय फुटबलमा सिक्किम र भुटानका टोली

Published

on

नेपाली सेनाले आयोजना गर्दै आइरहेको प्रधान सेनापति कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगतामा दुई बिदेशी सहित कुल ८ टिमको सहभागिता रहने भएको छ ।

प्रतियोेगिता यही मंसिर २९ गतेदेखि पुष ९ गतेसम्म नेपाल आर्मी हेडक्वार्टर भद्रकालीमा चल्नेछ । सिक्किम र भुटानका टोलीहरु सहित प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल सशस्त्र प्रहरी बल र नेपाल पुलिस क्लब रहेका छन् । ७ मध्ये तीन उत्कृष्ट प्रदेशहरु अन्य तीन टोली रहनेछन् ।

सहभागिी टोलीहरुलाई दुई समुहमा बिभाजित गरिएको छ । आर्मी, प्रदेश नम्बर एक, सशस्त्र र सिक्किम समुह ए मा रहेका छन् । अन्य टोली समुह बी मा रहेका छन् । समुहबाट पहिलो दुई स्थान हात पार्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख, उप विजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख प्राप्त पर्ने छन् । यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीले पनि समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्ने छन् ।

उत्कृष्ट किपर, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले समान १० हजार प्राप्त गर्ने छन् । दुवै सेमिफाइनल पुष ७ मा हुनेछ ।

Click to comment

Trending