१३औं दक्षिण एसियाली खेलकुद

सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीले ९ लाख पाउने

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुदमा दुई भन्दा बढी स्वर्ण पदक जितेका घरेलु खेलाडीहरुलाई ११ लाख नगद रुपैया दिने घोषणा गरेका छन् ।

मङ्गलबार दशरथ रँगशालमा सम्पन्न सागको समापन समारोहमा भिडियो कन्फेरेन्सिङ्ग मार्फत खेलाडीहरुलाई सम्बोधन गदैए ओलीले बुधबार प्रोत्साहन प्याकेज घोषणा गर्ने बताएका थिए । पदक बिजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा भेट्दै प्रधानमन्त्री ओलीले एक स्वर्ण जित्ने खेलाडीलाई ९ र एक भन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख रुपैया दिइने घोषणा गरेका हुन् ।

ओलीले रजत पदक जित्ने खेलाडीलाई ६ लाख र कास्य जित्नेलाई पनि ३ लाख रुपैया पनि घोषणा गरेका थिए । सरकारले हाम्रो जस्तो गरिब देशमा खेलाडीले उचित सम्मान ग¥यो भन्ने लाग्छ मलाई, ओलीले पुरस्कार घोषणा गरे लगत्तै भनेका थिए ।

सागमा नेपाली खेलाडीहरुले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य जितेका थिए । सागमा नेपालले सबैभन्दा बढी स्वर्ण जितेको यसैपटक हो । स्विमर गौरिका सिँहले चार स्वर्ण जित्नुका साथै तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डे काजी श्रेष्ठ र गल्फका सुबास तामाङ्गले दुई–दुई स्वर्ण जितेका थिए ।

यसअघि सागमा स्वर्ण जित्नेलाई पाँच लाख, रजतलाई तीन र कास्य जित्नेलाई दुई लाख दिने घोषणा राष्ट्रिय खेलकुद परिषदले गरेको थियो । ओलीले टिम इभेन्टतर्फ स्वर्ण जित्नेलाई प्रति खेलाडी र प्रशिक्षकलाई पाँच लाख पनि दिने घोषणा गरेका थिए ।
टिम इभेन्टचर्फ रजत र कास्य पदक जित्ने खेलाडीले कति पाउने उनले भनेनन् ।

Click to comment

Trending