१३औं दक्षिण एसियाली खेलकुद

म माउण्ट एभरेष्ट जान चाहन्थे– श्रीलंकन बलिङ्ग लिजेण्ड चामिण्डा भास सँगको एक्सक्लुसिभ अन्तर्वार्ता

Published

on

चामिन्डा भास श्रीलंकन क्रिकेट मात्र नभएर बिश्व क्रिकेटले नै पाएको अहिलेसम्मकै उत्कृष्ट बलरहरु मध्ये पर्दछन् । सन् १९८४ मा श्रीलंकन टोलीको लागि डेब्यु गरेका भास त्यसको दुई बर्षमै बिश्वकप क्रिकेट जित्न सफल भएका थिए ।

उनी निकै तिब्र गतिमा बलिङ्ग नगर्ने भएपनि बिश्व नं एक बलर बन्न सफल हुने गिने चुनेका बलरहरुमा मात्र पर्ने गर्छन् । श्रीलंकाका लागि चार वटा बिश्वकप क्रिकेट खेलेका भासले सन् २००८ क्रिकेटबाट बिदाई लिदा उनको नाममा ४ सय एक दिवसीय र ३४४ टेस्ट विकेट रहेको थियो ।

हालै नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदका लागि श्रीलंकन अण्डर २३ टिमको प्रशिक्षकको रुपमा नेपाल आएका उनै भाससँग क्रिकेटटिङ्ग नेपालले एक्सक्लुसिभ अन्तर्वार्ता लिएको थियो ।

हेरौं भाससँग गरिएको रोचक कुराकानी र उनले नेपाललाई लिएर बनाएको धारणाको बारेमा ।

Click to comment

Trending