Headline

च्याम्पियन्स लिगमा ४–० को जित निकालेको केही घण्टामै प्रशिक्षक बर्खास्त

Published

on

इटालियन क्लब नापोलीले च्याम्पियन्स लिगमा बेल्जियन क्लब गेंकलाई ४–० ले पराजित गरेको केही घण्टापछि नै आफ्ना प्रशिक्षक कार्लो एन्सलोट्टीलाई बर्खास्त गरेको छ ।

जितपछि नापोली युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगिताको अन्तिम १६ मा पनि प्रवेश गरेको छ । तर फराकिलो अन्तरको जितले प्रशिक्षक एन्सलोट्टीलाई भने बचाउन सकेन ।

मङ्गलबारको जितअघि एन्सलोट्टीले नापोलीलाई कुनै पनि प्रतियोगिता अन्तर्गत खेलिएका पछिल्लो ९ खेलमा जित दिलाउन असफल रहेका थिए । नापोली यो सिजन लिभरपुललाई हराउने एक मात्र टोली हो । उसले च्याम्पियन्स लिगमै डिफेण्डिङ्ग च्याम्पियन लिभरपुललाई २–० ले हराएको थियो ।

अघिल्लो महिना नापोलीका अध्यक्ष अरेलियो डे लरेन्टिससँग एन्सलोट्टी र नापोलीका खेलाडीहरुबीच राम्रै बिवाद चलेको थियो । डे लरेन्टिसले टिमलाई एक हप्ते लामो प्रशिक्षणमा जान निदेर्शन दिएपनि एन्सलोट्टी र खेलाडीहरु भने घर फर्किएका थिए ।

सन् २००९ र १० को सिजनमा चेल्सीका लागि दुई एफए कप जित्न सफल एन्सलोट्टीलाई रिक्त रहेका इङ्गलिस प्रिमियर क्लब आर्सनल र एभर्टनको ब्यवस्थापकीय पदसँग जोडिएको छ । लिभरपुल लेजेण्ड बब पाइज्ली र रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानसँगै तीन च्याम्पियन्स लिग जित्ने एन्सलोट्टी तीन मध्येका एक प्रशिक्षक हुन् ।

उनले एसि मिलानसँग दुई र रियलसँग एक च्याम्पियन्स लिग उपाधि जितेका छन् । उनले मिलान, चेल्सी, पिएसजी र बायर्न म्युनिखसँग घरेलु लिगका उपाधिहरु प्नि जितेका छन् ।

Click to comment

Trending