१३औं दक्षिण एसियाली खेलकुद

फुटबल स्वर्णसँगै नेपालको सागलाई शान्दार बिदाई

Published

on

फुटबलमा स्वर्ण पदक जितेसँगै नेपालले १३ औं दक्षिण एसियाली खेलकुदलाई शान्दार बिदाइ गरेको छ ।

दशरथ रँगशालामा मङ्गलबार भएको खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै दक्षिण एसियाली खेलकुदमा लगातार दोश्रो पटक स्वर्ण पदक जित्न सफल भयो । अभिषेक रिजालको गोलबाट अग्रता लिएको नेपाली फुटबल टोली १३ औं सागमा नेपाललाई ५१ स्वर्ण जिताएको हो ।

यसअघि काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा ३१ स्वर्ण जितेको नेपालले क्षेत्रीय खेलकुद महाकुम्भमा अहिलेसम्म कै उच्च प्रदर्शन गरेको हो । नेपालको लागि मुख्य आकर्षण अन्तिम दिन नै रह्यो । नेपालले लगातार १० दिन नै स्वर्ण पदक जित्दै नयाँ किर्तिमान पनि कायम गरेको हो ।

मङ्गलबार नै नेपालले बक्सिङ्गमा ५० औं स्वर्ण जितेको थियो । सनिल शाहीले पुरुष ६० केजी तौल समुहमा भारतका बरिन्दर सिँहलाई पराजित गर्दै ५० औं स्वर्ण जितेका हुन् ।

महिला बास्केटबलमा स्वर्णका लागि भएको खेलमा भने नेपाल दोश्रो भयो । फाइनलमा नेपाली टोली भारतसँग १२७–४६ पराजित हुन पुग्यो । नेपालले फुल कोर्ट बास्केटबल इतिहासमै पहिलो पटक कास्य पदक जितेको हो ।

यता पुरुष फुटबलमा अभिषेक गोलबाट घरेलु टोलीले अग्रता लिएपछि ३७ औं मिनेटमा स्टार फर्वार्ड चेञ्चो ग्याल्त्सेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ५४ औं मिनेटमा सुनिल बलले हेडरमार्फत गोल गर्दै नेपाललाई बिजयी बनाएका थिए ।

नेपालले यसअघि दक्षिण एसियाली फुटबलमा २०१६, १९९३ र १९८४ मा स्वर्ण पदक जितेको थियो । सागमा पुरुष फटबल चार पटक जित्ने राष्ट्रमा अब पाकिस्तानसँगै नेपालको नाम पनि जोडिएको छ ।

Click to comment

Trending