१३औं दक्षिण एसियाली खेलकुद

बस्केटबलमा नेपालले लियो बङ्गलादेशसँग बदला

Published

on

बङ्गलादेशसँग लिग चरणमा बेहोरेको हारको बदला लिदै नेपाली पुरुष बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेको छ ।
नेपालले मङ्गलबार तेश्रो स्थानका लागि भएको खेलमा बङ्गलादेशलाई ८१–५९ को फराकिलो अन्तरले पराजित ग¥यो । समुह ए को लिग खेलमा नेपाललाई बङ्गलादेशले ६७–६१ ले पराजित गरेको थियो । नेपालको जितमा असिम श्रेष्ठले सर्वाधिक १९ अंक जोडे भने बिजय बुर्जाले १६ अंकको योगदान दिएका थिए ।
यस्तै कप्तान सदिश प्रधानले १५, आयुष सिँहले १३ र सौरभ श्रेष्ठले ११ अंक जोडे । योसँगै नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा बास्केटलतर्फ चारवटै बिधामा पदक जित्न सफल भएको छ ।
नेपाली पुरुष टोलीले थ्रि अन थ्रि बास्केटबलमा रजत र महिला थ्रि अन थ्रिमा कास्य जितेको थियो । यस्तै सोमबार नै भएको सेमिफाइनलमा माल्दिभ्सलाई पराजित गर्दै नेपाली महिला टोलीले रजत पदक पक्का गरेको छ ।
नेपालले बास्केटबल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो । फाइनलमा मङ्गलबार नै नेपालले भारतको सामना गर्नेछ ।

Click to comment

Trending