१३औं दक्षिण एसियाली खेलकुद

दिपक बिस्टलाई पछि पार्दै गौरिका नेपाली साग इतिहासको सफल खेलाडी

Published

on

नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सनसनी मच्चाइ रहेकी पौडी खेलाडी गौरिका सिंहले नयाँ किर्तिमान कायम गरेकी छिन् ।

गौरिकाले एकै संस्करणमा चार स्वर्ण जीत्ने पहिलो खेलाडी बन्न सफल भएकी हुन् भने नेपालको तर्फबाट चार संस्करणमा चार स्वर्ण जीत्ने दिपक बिस्टको चार स्वर्णको किर्तिमान बराबरी गरेकी छिन् ।

गौरिकाले एक सय मिटर फ्रि-स्टाइलमा स्वर्ण हात पारेकी हुन् । उनले स्वर्ण जीत्ने क्रममा भारतीय खेलाडी शिवांगी शर्मालाई उछिनेकी हुन् । गौरिकाले निर्धारित दुरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन् ।

जारी सागमा गौरिकाले चार स्वर्ण बाहेक समान २-२ रजत र कास्य पदक पनि जीतेकी छिन् ।

आर्चरी : बंगालदेशको क्लिन स्विप

पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ । बंगलादेशले आर्चरीतर्फ एकल तथा टिम तर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।

१२ औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो ।

सुटिङ : भारतलाई २० मध्ये १८ स्वर्ण

साग अन्तर्गतसुटिङ विधामा कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण रजत र कास्य गरि कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरि २९ पदक जित्न सफल भयो ।

दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्य सहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बंगलादेशले कुल १० पदक हात पार्न सफल भयो । बंगलादेशले ६ रजत र ४ कास्य पदक जितेको हो । चौथो स्थानमा रहेका श्रीलंकाले २ रजत र ५ कास्य गरि कुल सात पदक हात पारेको छ । माल्दिभ्स, भुटान र नेपाल पदक विहीन रहे ।

फेन्सिङ : नेपाललाई थप दुई रजत

१३औं सागअन्तर्गत फेन्सिङमा नेपालले सोमबार दुई रजत पदक जितेको छ । नेपालले महिला टिम इपी र महिला टिम साबरमा रजत जितेको हो । यससागै नेपालले फेन्सिङमा चार रजत र ६ कांस्य गरी १० पदक जितेको छ ।

सोमबार दुवै स्पर्धामा नेपाल भारतसँग पराजित भयो । महिला टिम इपीमा बंगलादेश र श्रीलंकाले कांस्य जिते । यस्तै महिला टिम साबरमा पनि बंगलादेश र श्रीलंकाले नै कांस्यमा चित्त बुझाए ।

यसैगरी पुरुष फ्वेल स्पर्धामा पनि भारतले नै स्वर्ण जित्यो । फाइनलमा भारतले बंगलादेशलाई स्तब्ध बनायो । नेपाल र श्रीलंकाले कांस्यमा चित्त बुझाए ।

पुरुष क्रिकेट : बंगलादेशलाई स्वर्ण पदक

१३ औं साग अन्तर्गत पुरुष क्रिकेटतर्फको स्वर्ण पदक बंगलादेशले जितेको छ ।

सोमबार टियु मैदान किर्तिपुरमा सम्पन्न फाइनलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै बंगलादेशले स्वर्ण पदक जितेको हो। श्रीलंकाले रजत पदक जित्यो। आजै सम्पन्न कास्य पदकको लागि खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक आफ्नो नाम गर्यो ।

स्वर्ण पदकको लागि टियु मैदानमा सम्पन्न खेलमा श्रीलंकाले दिएको १२३ रनको लक्ष्य बंगलादेशले ३ विकेट गुमाएर १८.१ ओभरमा पुरा गर्यो।

बंगलादेशको लागि कप्तान नज्मुल हुसेनले अविजित ३५ रन बनाए भने सिफ हुसेनले ३३, सौम्य सरकारले २७ तथा यासिर अलिले १९ रन बनाए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा श्रीलंकाले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो। श्रीलंकाको लागि शम्मु अशनले सर्वा्धिक २५ तथा पाथुम निस्संकाले २२ रन योगदान दिए। बंगलादेश बलर हसन महमुदले सर्वा्धिक ३ विकेट तथा तन्भिर इस्लामले २ विकेट लिए। खेलको प्लेयर अफ द म्याच हसन महमुद चुनिए।

कबड्डी : भारतलाई दोहोरो उपाधि

साग अन्तर्गत कबड्डीको पुरुष/महिला दुवैमा सोमबार भारत च्याम्पियन बनेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको पुरुष फाइनलमा भारतले श्रीलंकालाई ५१–१८ ले पराजित गर्‍यो । महिलाको उपाधि भिडन्तमा भारतले नेपाललाई ५०–१३ ले हरायो । सागको कबड्डीमा कुनैपनि नेपाली टोली दोश्रो भएको यो पहिलो पटक हो ।

बक्सिङ : २ दशकपछि नेपाललाई २ स्वर्ण, भूपेन्द्र थापा मगर र मिनु गुरुंगलाई स्वर्ण

दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको छ ।

जारी १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबार भएको खेलमा नेपालका मिनु गुरुंग र भूपेन्द्र थापा मगरले स्वर्ण जितेका हुन् । महिला ५४ केजीको फाइनलमा मिनु गुरुंगले भारतीय बक्सर शिक्षालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भइन् । उनले भारतीय खेलाडीलाई यूनानोमस डिसिजनको आधारमा हराउदै स्वर्ण चुमेकी हुन् ।

त्यस्तै ६४ केजीको फाइनलमा नेपालका भूपेन्द्र थापामगरले पनि सागको पुरुष बक्सिंगमा २० वर्षपछि पहिलो पटक नेपाललाई स्वर्ण पदक दिलाउन सफल भयो । उनले भारतका मनिष कौशिकलाई अंकको आधारमा हराउादै साग बक्सिंगमा २ दशक लामो स्वर्णको खडेरीलाई समाप्त पारेका छन् । यसअघि सन् १९९९ मा नेपालमा नै सम्पन्न सागको आठौ संस्करणमा नेपालका लागि दुई दाजुभाई रामचन्थाद्र थापामगर र प्रकाश थापामगरले स्वर्ण जितेका थिए ।

 

महिला फुटबल : भारतलाई स्वर्ण नेपाललाई रजत
आयोजक नेपाललाई हराउदै भारतले १३ औ दक्षिण एसियाली महिला फुटबलमा स्वर्ण पदक हात पारेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २ –० ले पराजित गर्दे १३ औ साग महिला फुटबलमा स्वर्ण हात पारेको हो ।

भारतको जितमा स्ट्राइकर एनजि बाला देवीले दुवै गोल गरेकी थिईन । उनले खेलको १८ औ मिनेटमा खाता खोल्दै भारतलाई अग्रता दिलाएकी थिइन ।

नेपालको डिफेन्सले मिस गरेको बल क्याच गर्न पुगेकी गोलकिपर एञ्जिला थुम्बापो अगाडि बढेकोले एनजि बाला देवीलाई गोल गर्न सहज भएको हो ।

त्यस्तै दोस्रो हाफको १० औ मिनेटमा भारतका एनजि बाला देवीले नै गोल गर्दे भारतको लागि गोल दोब्बर पारेकी थिईन ।

Click to comment

Trending