१३औं दक्षिण एसियाली खेलकुद

स्वर्ण पदक नै मुख्य लक्ष्य – बालगोपाल महर्जन

Published

on

बङ्गलादेशसँगको खेल पछिको पोस्ट म्याच कन्फ्रेन्समा नेपाली प्रशिक्षक बालगोपाल महर्जन हसिलो मुद्रामा देखिएका थिए ।

सुकेको स्वर र हसिलो अनुहार बालगोपाल खुशी थिए । नहुन् पनि कसरी ? उनले नेपाली यु–२३ टिमलाई दक्षिण एसियाली खेलकुद फुटबल तर्फको फाईनलमा पु¥याएका छन् । यसरी नेपाल लगातार दोश्रो पटक पुरुष फुटबलको स्वर्ण जित्ने दाउमा छ ।

आफ्नो फुटबल करियरको दोस्रो साग गोल्ड मेडल जित्ने तर्खरमा रहेका बालगोपालले यो भन्दा अघि नेपालका लागि बङबन्धु गोल्ड कप पनि जिताइसकेका छन् ।

बङ्गलादेशलाई १–० ले हराए लगत्तै पोस्ट म्याच कन्फ्रेन्समा आएका बालगोपाललाई नेपाली तथा बङ्गली पत्रकारको प्रश्न नआउने कुरै भएन । कस्तो लागिरहेको छ, यो जितियो भने त सागमा दुई वट स्वर्ण पदक जितिनेछ भनि सोध्दा उनले मुस्कुराउदै जवाफ दिए: “त्यो त मनमा खुल्दुली हुने नै भईहाल्यो । गोल्ड मेडल नजित्ने मन कस्को हुन्छ र ? १ प्लेयर भएर त जितियो अब प्रशिक्षक भएर नि जित्न मन छ ।”

अर्को प्रश्न पनि आइहाल्यो फाइनलमा फेरी भेट भुटान सगै हुने भो यसमा कुनै प्रतिकृया ? उनी उत्तर दिन्छन्ः “भुटानसँग हामीले पहिले पनि खेलिसकेका छौ र पर्सी हुने खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै गोल्ड मेडललाई प्रमुख लक्ष्य लिएका छौ,”।

सन १९९३ को सागमा नेपालले स्वर्ण पदक जित्दा बालगोपाल टोलीका महत्वपूर्ण सदस्य थिए । संयोग नै भनौ बालगोपाल सहित अहिलेका फुटबलका तीन टेक्निकल स्टाफहरु १९९३ सागकै गोल्ड मेडल बिजेताहरु हुन् ।

यदी महर्जनले नेपाललाई १३ औ सागको स्वर्ण पदक जिताउन सकेमा बङबन्धु गोल्डकप सहित नेपालका लागि राजुकाजी शाक्यसहित नेपाली फुटबल ईतिहासकै दोश्रो सफल प्रशिक्षक हुनेमा दुईमत छैन । शाक्यले नेपाललाई १२ औं दक्षिण एसियाली खेलकुदको फुटबल र एएफसि सोलिड्यारिटी कप जिताएका थिए ।

Click to comment

Trending