१३औं दक्षिण एसियाली खेलकुद

नेपाल बास्केटबल सेमिफाइनलमा भारतसँग पराजित

Published

on

नेपाली पुरुष बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुदको सेमिफाइनलमा भारतसँग १०७–५८ को फराकिलो अन्तरले पराजित भएको छ ।

६ फिट ३ इञ्च भन्दा माथिका पाँच खेलाडी रहेको भारतले पुरै खेलभरि दवाबमा राखेको थियो । यद्दपी भारतीय टोलीबिरुद्ध सबैभन्दा कम अन्तरको हार बेहोर्ने टोली नेपालनै रहेको थियो ।

नेपालले अब कास्य पदकका लागि बङ्गलादेशसँग खेल्नेछ । बङ्गलादेश अर्को सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको थियो । नेपाली महिला टोलीले सोमबार नै हुने सेमिफाइनलमा माल्दिभ्सको सामना गर्नेछ ।

नेपालका लागि सदिस प्रधानले १० र सौरभ श्रेष्ठले ७ अंकको योगदान दिएका थिए । खेलमा भारतले पहिलो क्वार्टरमै २० अंक (३०–१०) को अग्रता लिएको थियो । दोश्रो क्वार्टरमा सुधारिएको प्रदर्शन गरेको नेपालले २३ अंक स्कोर गर्न सफल भएको थियो । भारतले त्यो अन्तरालमा २४ अंक जोड्यो ।

तेश्रो क्वार्टरमा भारतले १८–९ को अग्रता लिएको थियो । असिम श्रेष्ठ र बिक्रम जोशी फाइभ फल आउट भएपछि नेपालको तेश्रो क्वार्टर बिर्सन लायक रह्यो । भारतले ३५ अंक गर्दा नेपालले १९ अंक जोडेको थियो ।

 

Click to comment

Trending